• Monday, April 14, 2025

अमेरिकी अनुदानको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं, पुस २ गते । अमेरिकाले नेपाली सेनालाई दुई थान एम २८ स्काइट्रक हस्तान्तरण गरेको छ । अमेरिकाले उपलब्ध गराएको दुबै स्काइट्रक नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७० वर्षमा अहिलेसम्मको सबैभन्दा ठूलो सुरक्षा अनुदान हो ।

काठमाडौंमा एक समारोहकाबीच नेपालस्थित अमेरिकी दूतावासले छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमतासहितको दुई स्काइट्रक नेपाली सेनालाई हस्तान्तरण गरेको हो । दुबै स्काइट्रकको मूल्य एक करोड ५० लाख अमेरिकी डलर रहेको दूतबासाले जनाएको छ । प्रकृति प्रकोपको बेला राहत तथा उद्धार कार्यमा स्काइट्रक सहयोगी बन्ने उसले विश्वास लिएको छ । अमेरिकी दूताबासले पछिल्ला दिनमा लुम्बिनि आवास, अन्तर्राष्ट्रिय छात्रावास भवन लगायतको निर्माण गरेको थियो ।

नेपाली सेनालाई थप व्यवसायिक र समथ्र्य बनाउन अमेरिकाले आगामी दिनमा थप स्काइट्रक उपलब्ध गराउने दूताबासले जनाएको छ । दुई इन्जिनसहितको एम २८ मा दुईजना चालकदलसँगै १९ यात्रु बोक्ने क्षमता रहेको छ ।

एकपटक इन्धन भरेपछि करीब एक हजार ३०० किलोमिटरसम्म उड्ने क्षमताको स्काइट्रक एम २८ को भारवहन क्षमता दुई हजार ३०० किलोग्राम रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter