• Monday, April 14, 2025

नेपाली सेना र महानगरबीच सम्झौता : अब मृगौला रोगीलाई निःशुल्क हेमोडाईलासिस सेवा

काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विभिन्न रोगको उपचार र नागरिकको नियमित स्वास्थ्य परीक्षणका लागि महानगरले सेनासँग सहकार्य गरेको हो ।

सम्झौता पत्रमा महानगरका तर्फबाट मेयर विद्यासुन्दर शाक्य र नेपाली सेनाको तर्फबाट प्रधान सेनापति पूर्णचन्द्र थापाले बधुबार जंगी अड्डामा एक कार्यक्रमबीच हस्ताक्षर गरे । सम्झौताबमोजिम पहिलो चरणमा महानगरको भौगोलिक क्षेत्रभित्र भएका सेरा नेगेटिभका बिरामीहरुलाई बीरेन्द्र अस्पताल छाउनीबाट हेमोडाईलासिस सेवा उपलब्ध गराउनेछ ।

महानगर क्षेत्रभित्र बसोबास गर्ने महानगरबासीहरु र काठमाडौँ महानगरपालिका कार्यालयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवामा सहज र सुलभ पहुँच अभिबृद्धि गर्ने उल्लेख छ । यस्तै नागरिक–सेना सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाली सेनाको विरेन्द्र सैनिक अस्पताल मार्फत विभिन्न किसिमका रोगहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा नियमित स्वास्थ्य परीक्षण जस्ता कार्यहरु गरिने समेत उल्लेख छ । जेष्ठ नागरिकहरुको लागि ओपीडी सेवा, आपतकालिन स्वास्थ्य सेवा, मृगौलाका बिरामीहरुका लागि हेमोडाईलासिस सेवा आदि सञ्चालन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने कुरा समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

‘हेमोडाईलासिसको लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार, जनशक्ति थप गर्न आवश्यक भएमा त्यसको योजना सहितको खाका र सो कार्य गर्न लाग्ने रकम दोस्रो पक्ष (नेपाली सेना) बाट माग भई आएपछि कार्यक्रम अनुदानमा प्रथम पक्ष (महानगरपालिका)ले दोस्रो पक्षको खातामा उपलब्ध गराइदिनु पर्नेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘हाल प्रथम पक्षको बजेटमा विनियोजन ३ करोडको ५० प्रतिशतले ले हुन आउने रकम १ करोड ५० लाख सुरुमा र अन्तिम किस्ता खरिद प्रक्रिया सम्पन्न भएपछि खरिद सम्झौता अनुरुपको बाँकी रकम प्रथम पक्षको अनुदानबाट बनेको संरचनामा काठमाण्डौ महानगरपालिकाको सहयोगमा संचालित भनी उल्लेख गर्नुपर्नेछ । ’

नागरिकलाई सेवा दिन तत्पर छौंः शाक्य

सम्झौतापत्रमा हस्ताक्षर गर्दै मेयर शाक्यले नागरिकलाई सेवा प्रवाह गर्न महानगर प्रयासरत रहेको बताए ।

महानगरको सहयोगपछि सहज र स्तरीय सेवामा सेनाले थप सफलता प्राप्त गर्ने अपेक्षा शाक्यले गरे । ‘हामीले यस अघि पनि सेनासँग सहकार्य अघि बढाएका छौँ,’ मेयर शाक्यले भने, ‘सहकार्य अझै अघि बढ्नेमा हामी आशावादी छौँ ।’ नेपाली सेनाले इतिहासमा पहिलो पटक भवन निर्माणका लागि महानगरपालिकाबाट नक्शापास गराएको भन्दै यसले सेना थप उत्तरदायी बनेको उनको भनाइ थियो ।

महानगरसँगको सम्झौताले हामी उत्साही छौं : सेनापति थापा

नेपाली सेनाका प्रमुख थापाले महानगरसँग सहकार्य गर्न पाउँदा थप उत्साहित भएको बताए । ‘हामीले यस अघि पनि महानगरपालिकासँग केही सहकार्य गरेका छौँ,’ थापाले भने, ‘विगतदेखि नै नागरिक–सैनिक सम्बन्धलाई थप उचो बनाउने गरी सेना अघि बढिरहेको छ । महानगरपालिकाको हरियाली प्रद्र्धन गर्ने, धुलो नियन्त्रण गर्ने, वातावरण स्वच्छ राख्ने योजनामा नेपाली सेनाको पनि सहयोग निरन्तर रहने छ ।’

प्रधान सेनापति थापाले सैनिक अस्पतालबाट विगतमा नेपाली सेना र आश्रित परिवारले मात्रै सेवा पाउने गरेको भन्दै आम जनताले पनि त्यहाँबाट सेवा प्राप्त गर्ने वातावरण बनाउन सम्झौता गरिएको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter