नेपाल भ्रमण वर्षलाई महाअभियान बनाउँ : राष्ट्रपति; नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः प्रधानमन्त्री

काठमाडौ, पुस १६ गते । नेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच राजधानीको दशरथ रङ्शालमा उद्घाटन गरियो ।

सो अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी सो समारोहको शुभारम्भ गर्नुभएको थियो ।

सो समारोहमा प्रमुखवक्त्ताको रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा लानु पर्नेमा जोड दिनुभयो ।

संस्सारका उत्कृष्ट गन्तव्य सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनि, चितवन लगायतका थुप्रै गन्तव्य रहेको बताउनुभयो ।

उहाँले प्रकृतिलाई विगारेर होइन सिंगाररे पर्यटन विकास बढाउनु पर्नेमा जोड दिनुभयो ।

सो अबसरमा मन्तव्य व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले नयाँ वर्षमा नयाँ आशा र नयाँ उत्साहका साथ नेपाल भ्रमण वर्ष २०२० शुरुवात गरिएको बताउनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने बाटोमा नेपाल भ्रमाण वर्ष महत्वपूर्ण हुने बताउनुभयो ।

सो अबसरमा नेपाल भ्रमण वर्षको स्टिकर पनि सार्वजनिक गरिएको थियो । सो अबसरमा मन्त्री भट्टराइले एकताको ज्योति हस्तान्तरण गर्नु भयोको थियो ।

उद्घाटन समारोहमा नेपाल भ्रमण वर्ष २०२० को मास्कट पनि सार्वजनिक गरिएको थियो ।

नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीन तथा विभिन्न मुलुकका पर्यटनमन्त्रीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादमार्फत पनि जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराइने बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ तथा भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरूको पनि सहभागिता थियो ।

प्रधानमन्त्री ओलीले मुलुकमा ठूलो परिवर्तनपछि राजनीतिक असमानता अन्त्य भई सामाजिक न्याय र समानतासहितको समृद्धि बाटोमा अघि बढेको उल्लेख गर्दै हाम्रो राष्ट्रिय अभियान समृद्धिसँगै तीव्र आर्थिक वृद्धिदर हो भन्नुभयो । उहाँले पर्यटनमार्फत अर्थतन्त्र र कूल गार्हस्थ्य उत्पादनमा तीव्र वृद्धि गर्न चाहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सानो समूह गरिबी र पछौटेपनबाट जकडिएको र त्यसलाई माथि उकास्नका लागि पर्यटन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले नेपाली समाजको आधारभूत चरित्र अतिथि देवो भवः अर्थात अतिथिलाई भगवान सरह आदर सत्कार गर्ने चरित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः हो । पर्यटक पाहुनाका निम्ति यहाँको समाज असल र सहयोग छ ।”

उहाँले पछिल्लो समय जलवायु परिवर्तनले हिमालको सौन्दर्य बिग्रिएको र यसबारे विश्वको ध्यान केन्द्रित भएको उल्लेख गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरण विश्वकै चुनौती भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हमालीले सगरमाथा संवादमार्फत पनि विश्वको ध्यानाकर्षण गर्छौं, भ्रमण वर्ष पर्यटन र पर्यटकका लागि मात्र हैन यो मार्फत जलवायु परिवर्तनबारे विश्वलाई ध्यानाकर्षण गराउँछौँ ।” कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रकृति, संस्कृति र साहसिक गतिविधि नेपाली पर्यटनको विशेषता रहेको भन्दै भ्रमण वर्षले नेपाललाई विश्वसामु पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter