भ्रमण वर्ष सफल पार्न नेपालस्थित विदेशी राजदूतहरूले थाले प्रयास

काठमाडौं, पुस १७ गते । नेपालले भ्रमण २०२० वर्ष मनाउन थालेसँगै नेपालस्थित विदेशी राजदूतहरूले पनि विभिन्न माध्यमबाट त्यसलार्इ सफल बनाउन प्रयास थाल्नुभएकाे छ । केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राजधानीका पर्यटकीय स्थलमा व्यक्तिगत फाेटाे सुट गरी ट्वीटर मार्फत सर्वजनिक गर्नुभएकाे थियाे । यसै गरी विहीबार नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरीले नेपाल भ्रमण वर्षलाई सफल पार्न आव्हान गर्नुभएको छ । उहाँले अमेरिकी दूताबासले भ्रमण वर्षलाई सफल बनाउन अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् अमेरिकी दूताबासले भ्रमणवर्षलाई सफल बनाउन एक महिने प्रचारात्मक अभियान चलाउने घोषणा गर्नुहुँदै यस्तो आव्हान गर्नुभएको हो । ट्वीटमा उहाँले लेख्नुभएको छ, “अमेरिकी दूताबासका कर्मचारीले नेपाल भ्रमण गर्दा सामाजिक सञ्जालमा तस्वीर र अनुभव साटनेछन्, पर्यटन प्रवद्र्धनका लागि यस्तो अभियान एक महिनासम्म चल्नेछ ।”

राजदूत बेरीले ट्वीटरमार्फत् उक्त अभियानको घोषणा गर्दा नेपालको विभिन्न क्षेत्रमा आफूले गर्नुभएको भ्रमणको तस्वीर समेत राख्नुभएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको विभिन्न सम्पदा स्थल, जनकपुरधामको जानकी मन्दिर तथा हिमाली भूभागमा आफूले गर्नुभएको भ्रमणको तस्वीर उहाँले आफ्नो ट्वीटमा साझा गर्नुभएको छ । प्रचारप्रसारका निम्ति सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ट्वीटरमा अमेरिकी राजदूत बेरीका करीब चार लाख फ्लोवर छन् ।

त्यसैगरी, दूताबासले राजदूत बेरीले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा प्रचार गर्ने घोषणा गर्नुभएकोमा अभियानलाई सघाउन अमेरिकी मिशनका सबै सामाजिक सञ्जालमा प्रचार गर्ने जनाएको छ । दूताबासले नेपाल पर्यटन बोर्डलाई कार्यक्रम सफलताको शुभकामना समेत दिएको छ ।

दूताबासका अनुसार नेपालमा गत् वर्ष जनवरीदेखि अक्टोबर महिनासम्म करीब ७८ हजार अमेरिकी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter