तरकारी खेतीमा रमाउँदै मुसहर

गौशाला, पुस १७ गते । गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल हुनुभएको छ । उहाँले वर्षांैसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आउनुभएको थियो ।

उहाँ भन्नुहुन्छ, “गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला मजदूरी गर्ने दिनको अन्त्य भएको छ । तरकारी स्थानीय बजारमा बेचेर आम्दानी गर्न सफल भएको छु ।”

स्थानीय रमेश्वरा सदाले बगरखेती यस वर्ष चार हजार आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो । त्यस्तै दुई वर्षअघिसम्म घरकै कामकाजमा सीमित रहेकी ४५ वर्षीया दौनादेवी सदा दिनभरि नै तरकारीलाई स्याहरसुहारमा व्यस्त रहेकी हुन्छिन् ।

गौशाला नगरपालिकाले भर्लेनी र सोनी खोलाको बगरको खाली जग्गा स्थानीय ६० मुुुुसहर घरपरिवार निःशुल्करुपमा जग्गा उपलब्ध गराएको थियो । सो जग्गामा नमूना बगरखेती गर्न ती समुदाय जुटेका हुन् ।

रामभरोस महतोले तरकारी खेतीबाट आफूहरुको जीवनशैली परिवर्तनको र आम्दानी समेत बृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बगरमा मुसहर समुदायले उत्पादन गरेको तरकारीखेती नमूना रहेको र यसले यहाँका अन्य किसानलाई समेत लोभ्याउँदै गरेको छ ।”

बेलगाछीमै रहेको जनजागरण कृषि सहकारी संस्थाले उनीहरुलाई तरकारीखेती गर्नका लागि समयसमयमा प्रशिक्षण र जैविक प्रविधिले खेती गर्न हौसला बढाइएको छ ।

सस्थाका अध्यक्ष काशी महतोले सहकारीले अहिले किसानलाई नर्सरी कसरी राख्ने, कति दूरीमा रोप्ने, सिँचाइ कसरी गर्नेलगायत सिकाइरहेको जानकारी दिनुभयो ।

बगरखेती गर्नका लागि गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा रु पाँच लाख बजेटले जग्गा सम्याउने र किसानलाई तरकारीखेती गर्नका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो । नगरपालिकाले यस वर्ष १० लाख बजेटसमेत बिनियोजन गरेको नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter