ऋण असुली न्यायाधीकरणमा नरेशराज अर्याल पुनः नियुक्त

काठमाडौं, पुस १७ गते । मन्त्रिपरिषदको बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई आगामी पाँच वर्षको लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् पुस १४ गते बसैको मन्त्रिपरिषद् बैठकले लिएका निर्णय सार्वजनिक गर्नुभएको हो ।

यसैगरी, पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति अनुसार सांस्कृतिक संस्थानको अध्यक्ष पदमा प्रेमनाथ अधिकारी र महाप्रबन्धक पदमा अशोककुमार राईलाई चारवर्षको लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम जगतबहादुर कार्कीलगायत १३ जना व्यक्ति तथा परिवारलाई दोहोरो नपर्ने गरी आर्थिक सहायता/क्षतिपूर्तिवापत् १२ लाख रुपियाँ दिने निर्णय पनि उहाँले बताउनुभयो ।

चीन सरकारको सहयोगमा सञ्चालन हुने दोश्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्न जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter