नेपाल फोटो प्रतियोगिता २०७६ घोषणा

काठमाडौँ, पुस २० गते । फोटो जर्नालिस्ट क्लब नेपालले नेपाल फोटो प्रतियोगिताको सातौँ संस्करण ‘नेपाल फोटो प्रतियोगिता– २०७६’ घोषणा गरेको छ । क्लबले २० पुस आइतबार एक कार्यक्रम आयोजना गरी प्रतियोगिताको घोषणा गरेको हो ।

ग्लोबल आइएमई बैंक एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले नेपाल फोटो प्रतियोगिता–२०७६ सुुरु भएको घोषणा गरेका हुन् । आफूले खिचेको फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरेर उनले प्रतियोगिताको सुरुवात गरेका थिए ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेबसाइट www.pjclub.com.np वा www.npc.photonepal.trevel मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ ।

प्रतियोगितामा व्यावसायिक एवं सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउने छन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटो भने सहभागी गराउन नपाइने क्लबले जनाएको छ । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर पनि समावेश गराउन पाइने छ । फोटोमा नेपाली वा नेपाल झल्कने विषय कतै न कतै देखिएको हुनुपर्ने प्रतियोगिताको दर्ता प्रक्रिया १७ माघको मध्यरात १२ बजे बन्द हुनेछ ।

कार्यक्रममा गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक नेपाल ल्याण्ड अफ कन्ट्रास्ट–‘भी’ पनि लोकार्पण गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter