• Friday, April 11, 2025

औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणमा जोड

परासी, पुस २० गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिनुभएको छ ।

पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले परासी–भैरहवा औद्योगिक क्षेत्रमा सवस्टेशन बनाउन लागिएको बताउनुभयो ।

पश्चिम नवलपरासीको हकुईमा सवस्टेशन बन्ने जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले भन्नुभयोे, “परासी–भैरहवा क्षेत्र औद्योगिक क्षेत्रको रूपमा विकास भइरहँदा विद्युत्को माग बढिरहेको छ, उद्योगलाई विद्युत् माग पूरा गर्न हामीले नवलपरासीकै हकुईमा १३२ केभीएको सवस्टेशन बनाउँदैछौँ, त्यहाँबाट उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति हुन्छ ।”

उक्त क्षेत्रमा उद्योगीले लामो समयदेखि सवस्टेशन बनाउन माग गर्दै आएका थिए । नवलपरासीकै सुनवलमा पनि न्यू बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत ४०० केभीएको सवस्टेशन बन्ने प्रक्रियामा छ ।

परासी वितरण केन्द्रको भवन रु ९० लाख निर्माण भएको केन्द्र प्रमुख विजय महतोले जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङले शनिबार नै नवलपरासीमा निर्माण हुनलागेको न्यू बुटवल सवस्टेशन, भरतपुर–बर्दघाट ट्रान्समिसन लाइन र होङ्सी सिमेन्ट ट्रान्समिसन लाइनको पनि निरीक्षण गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter