• Sunday, June 15, 2025

यती समूहद्वारा दरबारमार्गमा निर्माणाधीन भवनको काम रोक्न अदालतको आदेश

काठमाडौं, पुस २५ गते । दरबारमार्गस्थित नेपाल ट्रस्टको केन्द्रीय कार्यालयको जग्गामा यती समूहले निर्माण गरिरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो । दुवै पक्षलाई छलफलका लागि आउँदो माघ १ गते अदालतले बोलाएको छ ।

यति समूहलाई अवैधानिक रूपमा ३० वर्षका लागि लिजमा दिएको दाबी गर्दै उच्च अदालत पाटनमा अधिवक्ता परिवर्तन राईले रिट दायर गरेका थिए । मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको रिटमा दाबी गरिएको थियो ।

त्यस्तै अदालतले यस विषयलाइ सार्वजनीक महत्वकाे विषयका साथै कानूनी प्रश्नलाइ दृष्टिगत गरि सुनुवाइमा एमिकस क्युरी समेत गठन गर्न माग गरेकाे छ । त्यसका लागि दुइ जना बरिष्ठ अधिवक्ता वा अधिवक्ता पठाउन उच्च अदालत बार एसाेसिएसनकाे सहयाेग समेत मागेकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter