प्रदेश ३ को नाम बागमती घोषित

हेटौडा,पु्स २७ गते । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ प्रदेशको नाम बागमती नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

आइतबार प्रदेशको नाम बागमती राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०८ सांसदले पक्षमा मतदान गरे । प्रदेशको नाम बागमतीको नाम मात्रै प्रस्ताव पेश भएसँगै नाम बागमती टुंग्गिएको हो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रदेशको स्थायी राजधानीको विपक्षमा देखिएको विवेकशिल साझाले समेत प्रदेशको नाम बागमतीमा सहमती जनाएको छ । बागमती नामको प्रस्तावमा उपस्थित सबै १०८ सांसदलेनै मतदान गरेका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter