दुई आयोगमा पदाधिकारी सिफारिस

काठमाडौँ, माघ ४ गते । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले शनिबार सिफारिस गरेको छ ।

समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्टलाई सिफारिस गरेको हो । उहाँ नेपाल ल क्याम्पसमा अध्यापन गर्नुहुन्छ । सदस्यमा भने प्रचण्डमान श्रेष्ठ, गोबिन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ ।

त्यस्तै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम समितिले सिफारिस गरेको छ । सदस्यमा बिष्णु भण्डारी, सुनिलरञ्जन सिंह, गंगाधर अधिकारी र सरिता थापामगर रहेका छन् ।

समितिका संयोजक पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सदस्यहरु शर्मिला कार्की, प्रकाश वस्ती, रामनाथ मैनाली र प्रेम प्रकाश खड्काले शनिबार नै सिफारिस गरिएका नाम सहितको लिष्ट कानून मन्त्रालयलाई बुझाएको छ । “कानूनमन्त्री भानुभक्त ढकाललाई नाम बुझाएका छौँ,” सदस्य शर्मिला कार्कीले भन्नुभयो, “हाम्रो काम सिफारिस मात्र गर्ने हो , पूर्ण नाम सार्वजनिक भने सरकारले गर्नेछ ।” आउँदो माघ २५ गते सिफारिसको अन्तिम मिति थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter