अग्नी सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

काठमाडौं, माघ ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ ।

बालुबाटारमा आइबार बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका नेता विष्णु पौडेलले बताउनुभयो ।

साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक कुबिन्डेमा जन्मनु भएको सापकोटा वि.सं २०३० सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध हुनुहुन्थ्यो ।

२०३६ सालमा तत्कालीन संयुक्त जनमोर्चाको चौंथो जिल्ला महाधिवेशनबाट संस्थापक जिल्ला सचिव र २०४८ सालमा केन्द्रीय सदस्य हुँदै उहाँ २०५१ सालदेखि नेकपा (माओवादी) मा आवद्ध हुनुभएको थियो ।

उहाँले जनयुद्धका बेला भूमिगत भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो यस अघि सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा जनयुद्धका बेला सरकारसँगको पहिलो वार्ता टोलीमा सदस्य रहनुभएको थियो ।

उहाँ २०७४ सालमा माओवादी स्थायी समिति सदस्य हुनुका साथै २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थायी समिति सदस्य बन्नुभएको थियो । उहाँ २०६४ र २०७० सालमा सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्य निवार्चित हुनुभएको थियो ।

त्यस्तै, २०७४ सालमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter