प्रम ओली र मोदीद्वारा भिडियो कन्फ्रेसमार्फत् चेकपोस्ट समुद्घाटन

काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्नु भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको छ । यससँगै विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) मङ्गलबारबाट सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री ओलीले करिब ४ महिना अघि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मोदीसँगै गरेको स्मरण गर्नुभयो । उहाँले आज पनि सँगै जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्ने कुरा नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धको संज्ञा हो भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०१५ मा महाविनाशकारी भूकम्पका समयमा भत्किएका भौतिक पूर्वाधार निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाइ नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter