राजकुमारी एस्ट्रिडद्वारा भक्तपुरका सम्पदास्थलको भ्रमण

काठमाडौं, माघ ७ गते । नेपाल भ्रमणमा रहेका बेल्जियमका राजपरिवारका सदस्यहरूले भक्तपुरका सांस्कृतिक सम्पदा क्षेत्रको अध्ययन अवलोकन गरेका छन् ।

नेपाल भ्रमण वर्ष चलिरहेकै बेला आएका बेल्जियमकी राजकुमारी अस्ट्रिड र राजकुमार लोरेन्जसहितको पाहुना टोलीलाई अवलोकन भ्रमण गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफैँ सम्पदा क्षेत्र पुगेका छन् ।

भक्तपुर पुगेका पाहुनालाई नगर प्रमुख सुनिल प्रजापतीले पुष्पगुच्छा, नेपाली थैली र ढाकाको सलले स्वागत गरे । पाहुना टोलीलाई नगरपालिकाले सम्पदा क्षेत्रको परिक्रमा गराएको छ । टोलीले भक्तपुर दरबार स्क्वायर र टौमढी क्षेत्रको अवलोकन गरेको छ । राजकुमारी अस्ट्रिड, राजकुमार लोरेन्ज र मन्त्री भट्टराईसहितको टोलीलाई यहाँका तलेजु मन्दिर परिसर, पचपन्न भ्mयाले दरबार, सिद्धिलक्ष्मी मन्दिर, बत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरवनाथ मन्दिरलगायत पुरातात्विक तथा ऐतिहासिक स्थानको अवलोकन गराइएको नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले बताए ।

पाहुनालाई स्थानीयले टौमढीको प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच पनि देखाएका थिए । टोलीमा नेपालका लागि बेल्जियमका राजदूत, बेल्जियमका लागि नेपाली राजदूत आङछिरिङ शेर्पालगायत सहभागी थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter