एआइजी सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, माघ ८ गते । प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको गत ६ माघको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट डा. सिंह प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएकी थिइन् ।

गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा सिफारिस समितिले सिंहलाई एआइजी बढुवामा सिफारिस गरेको थियो । जुनियर डिआइजीलाई सिफारिस गरेको भन्दै अर्का डिआइजी डा. मिनराज पाठकले उजुरी गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Efforts are underway to send US vaccines to Nepal: Ambassador Khatiwada

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter