काष्ठमण्डप निर्माणका लागि महानगरपालिकाकाे थप रकम निकासा

शान्ति लामा / काठमाडौँ, माघ ९ गते । भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप सत्तल निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रकम दिएको छ । बिहीबार काष्ठमण्डप पुननिर्माण समितिलाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाँच करोड रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

यसअघि काठमाडौँ महानगरपालिकाले पाँच करोड ५५ लाख रुपियाँ काष्ठमण्डप निर्माणका लागि दिइसकेको छ । चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालभित्र काष्ठमण्डपको पुनर्निर्माण सकिने विश्वास व्यक्त गर्नुभयो ।

रकम अभावका कारण कुनै पनि सम्पदा पुनर्निर्माण रोकिने छैन,’ उहाँले भन्नुभयो, ‘मूर्तअमूर्त सम्पदा संरक्षण र पुनर्निर्माण गर्न महानगर आफैँ सक्षम छ ।’ काष्ठमण्डप सत्तल पुनर्निर्माण काठमाडौँ महानगरपालिकाको पूर्ण अनुदानमा उपभोक्ता समितिमार्फत् हुँदैछ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक तथा प्रदेश सांसद राजेश शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम ५५ प्रतिशत सकिएको जानकारी दिनुभयो । महानगरबाट थप अनुदान निकासा भएका कारण पुनर्निर्माणले थप गति लिने उहाँले बताउनुभयो । काष्ठमण्डप पुनर्निर्माणका लागि वि.सं. २०७५ वैशाख १८ गते उपभोक्ता समिति गठन भएको थियो । २०७५ भदौ २९ गते निर्माण सम्झौता गरी महानगरपालिकाले ५० लाख रुपियाँ निकासा गरेको थियो । काष्ठमण्डप पुननिर्माणका लागि धनगढी र रौतहटका जंगलबाट काठ ल्याइएको संयोजक शाक्यले जानकारी दिनुभयो । कूल १९ करोड ८८ लाख रुपियाँ लागत अनुमान गरिएको काष्ठमण्डप पुनर्निर्माणका लागि १७ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएकोे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter