अंग्रेजी सिकाउने नाममा नेपाली कमजोर नबनाउँ : मन्त्री पोखरेल

काठमाडौँ, माघ ९ गते । अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर नबनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका संचालकलाई आग्रह गरेका छन् ।

निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याप्सन) र सीटिएफ नेपालको सह-आयोजनामा सुरु भएको दुई दिने ‘विद्यालय शिक्षा’ को राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले निजी विद्यालयमा भएको गलत अभ्यास औल्याएका हुन् ।

मन्त्री पोखरेलले निजी विद्यालयले नेपाली भाषा बेल्ने विद्यार्थीलाई दण्डित गर्ने गरेका आफुलाई सुन्नमा आएको बताए । उनले भने, ‘यस्तो कुरालाई जसरी पनि रोक्नु पर्छ । अंग्रेजी सिकाऊ तर नेपाली कमजोर बनाउन पाइदैन ।’

मन्त्री पोखरेलले कला सांस्कृतिक साहित्यलगायतका पहिचामूलक विषयलाई नेपाली भाषामा पढाउन उपयुक्त हुने बताए । उनले न्यूनतम पुर्वाधार र मापदण्ड नपु-याएका निजी विद्यालयलाई मर्ज गरेर सञ्चालन गर्न सुझाव दिए ।

उपप्रधानमन्त्री तथा रक्षा इश्वर पोखरेलले विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालय पु-याउन र टिकाउन आवश्यक रहेको औल्याए । उपप्रधानमन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न राष्ट्रिय शिक्षा नीति ०७६ लागु भएको जनाउँदै, निजी क्षेत्रका चिन्ता र चासो सम्बोधन हुने बताए ।

सम्मेलनमा विद्यालयहरुले प्रदान गर्ने शिक्षा, प्रस्तुत गर्ने तरिका विद्यालय संचालन गर्दा आइपर्ने समस्या र समाधान विषयमा छलफल हुने प्याप्सनका प्रवक्ता कुमार घिमिरेले बताए । सम्मेलन माघ १० सम्म चल्ने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter