• Monday, April 21, 2025

कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक सुरु

वीरेन्द्रनगर, माघ १० गते । कर्णाली प्रदेश विकास परिषदको पहिलो बैठक प्रदेश राजधानी वीरेन्द्रनगरस्थित शुभ होटेलमा सुरु भएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहानदेखि सुरु भएको बैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्च वर्षीय योेजनाको मस्यौदाबारे सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिने बताइएको छ ।

बैठकमा परिषदको सदस्यका रुपमा प्रदेश सरकारका मन्त्रीहरु, विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश सभा संसदीय समितिका अध्यक्षहरु, गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुखहरुको सहभागिता रहेको छ । बैठकको सुरुमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीले आवधिक योजना तर्जुमा, निर्माण प्रक्रिया र मस्यौदासम्बन्धि आधारपत्र प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । उनको आधार पत्र प्रस्तुतसँगै आवधिक योजनाको मस्यौदामाथि छलफल तथा सुझाव लिने कार्यक्रममा रहेका आयोगका प्रवक्ता सुदिश अर्यालले जानकारी दिए ।

कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान बमोजिम गठित प्रदेश विकास परिषदको बैठक पहिलो पटक सुरु भएको हो । प्रदेशको विकास र समृद्धिको मार्ग चित्रका रुपमा योजना आयोगले तयार गरेको प्रथम पञ्च वर्षीय योजना (आ.व.२०७६-७७/२०८०-८१) मस्यौदामा १० वटा परिच्छेद रहेका छन् ।

मुख्यमन्त्री शाही अध्यक्ष रहेको प्रदेश विकास परिषदका पदाधिकारीहरुमा सहअध्यक्ष आर्थिक मामिला तथा योजना मन्त्री र सदस्यहरुमा प्रदेश सरकारका विभागीय मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेश सभाका समिति अध्यक्षहरु, प्रदेश योजना आयोगका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, नगरपालिकाका प्रमुखहरु, गाउँपालिकाका अध्यक्षहरु, प्रदेश सरकारद्वारा मनोनित ५ जना सदस्यहरु, प्रदेश सरकारका सचिवहरु रहने व्यवस्था गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेको विकास परिषदमा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ जनालाई सदस्यमा मनोनयन गरेको छ । परिषद सदस्यहरुमा डा.राधिका बुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसियट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमaहादुर शाहीलाई सरकारले मनोनयन गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter