आश्रमको भवन बनाउन महायज्ञ गरिने

बुटवल, माघ १२ गते ।मानवसेवा आश्रम प्रदेश ५ शाखाले भवन निर्माणका साथै अक्षयकोषको स्थापनाका लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ गर्न लागेको छ । बेसहारा सडक मानवलाई उद्धार गरि राख्नका लागि भवन बनाउन महायज्ञ सञ्चालन गर्न लागेको आश्रमले जनाएको छ ।

आइतवार पत्रकार सम्मेलन गरि मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बुटवल भाटभटेनी सपिङ सेन्टरको छेउमा रहेको जग्गामा यही माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने जानकारी दिए । उनले मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन, सडकमानव रहित राष्ट्र निर्माण गर्ने लक्ष्यसहित काम गरिरहेको बताए ।

महायज्ञ सम्पन्न गर्न लोकनाथ भूसालको संयोजकत्वमा मूल आयोजक समितिसहित २८ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महायज्ञबाट ११ करोड रुपैयाँ संकलनगर्ने लक्ष्य लिईएको र यो रकम स्वेच्छिक सहयोगबाट संकलन हुने आयोजकको भनाई छ ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले ज्ञान र विज्ञान जोडेर गर्न लागिएको महायज्ञ महत्वपूर्ण रहेको भन्दै मानवसेवाका लागि कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने बताए । देशका ७ प्रदेशमा १९ शाखा रहेको मानवसेवा आश्रमको बुटवल सुख्खानगरमा २ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter