अग्नि सापकोटा समाभुखमा निर्वाचित; लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सापकोटा

काठमाडौँ, माघ १२ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गर्नुभयो । उहाँले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिनुभयो ।

सर्वाेच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको हो । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो ।

अग्नि सापकोटा प्रतिनिधि सभाको समाभुखमा निर्विरोध निर्वाचित

प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । नयाँ सभामुख निर्वाचित गर्न आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको एकल उमेदवारी भएकाले प्रतिनिधि सभा नियमावली २०७५ को ७ (३) बमोजिम सापकोटा निर्विरोध निवार्वाचित भएको घोषणा गर्नुभयो ।

बैठकको शुरूमा सभामुखका रुपमा अग्नी सापकोटाको प्रस्तावक सुवासचन्द्र नेम्वाङले प्रस्ताव पेश गर्नुभएको थियो । त्यसपछि अग्नी सापकोटाका समर्थक देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नुभएको थियो ।

सभामुख पद रिक्त रहेको बेला ज्येष्ठताका आधारमा प्रतिनिधि सभाको अध्यक्षताको जिम्मेवारी निर्वाह गर्न पाएकोमा ठाकुरले धन्यवाद व्यक्त गर्नुभयो । बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter