अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता खरेल

चितवन, माघ १४ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताउनुभएको छ । जिल्ला सरकारी वकिलको कार्यालय भवनको आज यहाँ शिलान्यास गर्नुहुँदै उहाँले अनुसन्धान फितलो भए अभियोजन पनि फितलो हुने भएकाले अपराधीले उन्मुक्ति पाउन सक्ने बताउनुभयो ।

पाँच वर्षयता मुद्दाको वृद्धिदर ६५ प्रतिशत भएको भन्दै उहाँले चितवन, कास्की, सुनसरी र रुपन्देहीमा हरेक वर्षमा दुई हजारभन्दा बढी फौजदारी मुद्दा दर्ता हुने गरेकाले ती जिल्लामा सह–न्यायाधिवक्ता राख्नुपर्ने उहाँको भनाइ थियो । एक सय ५० वटा मुद्दालाई हेर्न एकजना सरकारी वकिल चाहिने भए पनि त्यसअनुरुपको जनशक्ति अभाव रहेको उहाँले बताउनुभयो ।

उजुरी परेपछि तत्काल पक्राउभन्दा पनि अनुसन्धान गरेर पक्राउ गर्नुपर्ने उहाँको धारणा थियो । कारागार व्यवस्थित हुन नसक्दा त्यहाँ बस्नेको जीवन कष्टकर हुने गरेको भन्दै उहाँले यसलाई सुधार गृहको रुपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले न्याय सम्पादन छिटो र छरितो हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावल, जिल्ला अदालत बार एशोसिएशन चितवनका अध्यक्ष कमल पाठकलगायतले बोल्नुभएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय भवन निर्माणका लागि ललितपुरको हनुमान कन्ट्रक्सनसँग सम्झौता भएको छ । सो कम्पनीले रु चार करोड ९८ लाख ७१ हजानर १४१ मा बोलपत्र सकार गरेको हो । विसं २०७८ मङ्सिर १८ गतेसम्ममा भवन सम्पन्न गर्नुपर्ने हुन्छ । साढे तीन तले अपाङ्गमैत्री भवनमा २४ कोठा हुनेछन् । थुनुवा कक्ष, बयान कक्षसहितको सो भवनमा छ जना सरकारी वकिल रहन सक्ने गरी कोठा व्यवस्थापन गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter