नर्सिङ क्षेत्रका धेरै समस्याहरु समाधान गरिन्छ–जनसंख्या मन्त्री ढकाल

काठमाडौं, माघ १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नर्सिङ क्षेत्रमा धेरै समस्याहरु रहेको बताउनुभएको छ ।

५८ नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकाललेनर्सिङ क्षेत्रमा धेरै समस्याहरु बताउनुभयो ।

कुनै पनि पक्षधरतामा नपरी काम गर्ने उल्लेख गर्दै उहाँले कामको आधारमा मुल्याङ्कन गरिने बताउनुभयो । स्वास्थ्य क्षेत्रका सबै विषयलाई पारदर्शी बनाउनेतर्फ लागिरहेको भन्दै उहाँले नर्सहरुको भावनाको प्रतिनिधित्व हुने गरी काम गर्ने बताउनुभयो । औषधि, औजार, उपकरण खरिदलगायतका विषयमा अनियमितता हुने गरेको भन्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा हुने गरेका अनियमिततालाई समेत रोक्ने बताउनुभयो । उहाँले सरकार र प्रतिष्ठानबीचको विभेद अन्त्य हुदै गएको बताउनुभयो । आफू स्वास्थ्य मन्त्रालय प्रवेश गर्दा विगारेको थुप्रो माथि आएको भन्दै त्यसलाई सपार्ने काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राइले नर्सहरुका समस्याहरु समाधान गरिनुपर्ने बताउनुभयो । उहाँले अझै पनि नर्सहरु सात,आठ हजारमा काम गर्न बाध्य भएको भन्दै सरकारले तोकेको न्युनतम ज्यालासमेत नपाएको उल्लेख गर्नुभयो । उहाँले बेरोजगारको समस्याले धेरै नर्सहरु विदेशिन बाध्य भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter