कपिलवस्तुको दुई स्थानीय तहका १५ सय विद्यार्थीलाई पुनः विद्यालय फर्काइयो

कपिलवस्तु, माघ १७ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका र सुद्धोधन गाउँपालिकामा युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको समता र पहुँचका लागि साझेदारी परियोजना(पिक) ले विद्यालय बाहिर रहेका १५ सय विद्यार्थीलाई पुनः विद्यालय फर्काएको छ ।

दुई स्थानीय तहमा विद्यालय बाहिर रहेका १५ सय ४६ बालबालिको संख्यालाई तीन वर्षमा घटाएर जम्मा १३ मा झार्न परियोजना सफल भएको ग्लोबल एक्सन नेपालका प्रमुख बिके श्रेष्ठले बताए ।

परियोजनाले दुइ स्थानीय तहका २४ सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शैक्षिक सामाग्री तथा शिक्षकलाई तालिम प्रदान गरेको उनले बताए ।

विद्यालय बाहिर रहेका बालबालिकाको अभिभावकलाई विभिन्न आयमुलक काममा लगाएर बालबालिकालाई फेरि विद्यालय फर्कने वातावरण बनाउन आफूहरु सफल भएको उनको भनाई छ ।

कम आय भएका समुदायका १ हजार बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको श्रेष्ठले बताए । त्यसैगरी १ सय २० परिवारलाई आयआर्जनको कार्यक्रममा जोडेको र शैक्षिक सामाग्री नभएका २४ सामुदायिक विद्यालयलाई परियोजनाले शैक्षिक सामाग्री प्रदान गरेको थियो ।

गरिब विद्यार्थीको पहिचान गरि ३४ सय वटा टिफिन बक्स वितरण गरेको तथा २ वटा विद्यालयमा चमेना गृह र २ वटामा माछापालनका लागि सहयोग गरिएको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा एसएसडिसी, ग्लोवल एक्सन नेपाल र वी वल्र्डले सञ्चालन गरेको पिक परियोजनाबारे तीन बर्षिय कार्य प्रगति शुक्रबार सार्वजानिक गरिएको हो ।

कार्यक्रममा शिक्षाविद् डा. मनप्रसाद वाग्लेले परियोजनाले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय बाहिर रहेका विद्यार्थीलाई फेरि विद्यालय ल्याउन सक्नु महत्वपुर्ण रहेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter