दुई हजार एकान्नब्बेवटा पुल निर्माणाधीन

काठमाडौँ, माघ २१ गते । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका पुलहरूको विवरण तथा समस्या समाधानका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । सिंहदरबारस्थित समितिको कार्यकक्षमा सोमबार बसेको समितिको बैठकले विस्तृत छलफलपछि यस्तो निर्देशन दिएको होे ।

त्यसैगरी निर्माणाधीन अवस्थामा रहेका कतिपय पुलहरूको डिजाइनमा नै समस्याग्रस्त देखिएकाले आगामी दिनमा निर्माण गरिने पुलहरू ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अगाडि बढाउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै निर्माण प्रक्रियामा रहेका निर्माणाधीन रही बजेटको अभावमा अलपत्र अवस्थामा रहेका पुलहरूको अवस्था यकिन गरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी स्रोत जुटाई सम्पन्न गर्न समितिले सो मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिका सभापति कल्याणीकुमारी खड्काको सभापतित्वमा सम्पन्न सो बैठकमा मन्त्रालयले पेस गरेको प्रतिवेदनअनुसार अहिले मुलुकभरि दुई हजार ९१ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन्् । ती पुलहरूमध्ये ९६ वटा पुल ठेकेदारका कारण, ३७ वटा संस्थागत (कार्यालय) कारण र ५१ वटा पुल आयोजना काबुबाहिरका कारण रहेको बैठकमा जानकारी गराइएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter