• Friday, April 18, 2025

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ – मन्त्री भट्टराई

काठमाडौँ, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन सरोकारवाला सबै पक्षसगँ समन्वय गरेर काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले अन्तरराष्ट्रियजगत्मा नेपालको पर्यटन प्रवद्र्धनका लागि उत्साहजनक सन्देश पु¥याउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले भन्नुयभयो, “नठानेको र नसोचेको विषय कोरोना नोवल भाइरसले केही असर पु¥याएको छ, पर्यटन वर्षका लागि जनशक्ति र स्रोत हामीसँग कमै छ, तथापि, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरसफाइ, भौतिक पूर्वाधार निर्माण र अध्यागमन कार्यालयमा कामका हिसाबले निकै सुदृढ देखिएको छ ।

मुलुकमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा सन् २०२० लाई सिकाइ र अनुभव लिने वर्षका रुपमा लिएर विशेषज्ञले बनाउने कार्ययोजनाका आधारमा २०२० देखि ३० को समयलाई पर्यटन दशकका रुपमा मनाइन लागेको उहाँले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको हुँदा पर्यटन विकास क्षेत्रको विकासका लागि तीनै तहका सरकारको समन्वयमा कार्यक्रम बनाएर काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल घुम्न आउने पर्यटकको आकर्षणको केन्द्र ठमेलमा खाल्टा, हिलो र धुलोबाट ग्रस्त छ, यसमा सुधार ल्याउनुपर्छ, पर्यटकप्रति गरिने व्यवहार संस्कार युक्त हुनुपर्छ, पर्यटकका लागि सुरक्षा, सजिलो पूर्वाधार, सफासुग्घर र हरियाली वातावरण, उत्सुकता लाग्ने नयाँ चीज वस्तु हामीले दिनुपर्छ ।”

पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले हामी पर्यटन वर्ष मनाउँदै गरेको अवस्थामा नेपालको पर्यटनको केन्द्रका रुपमा रहेका ठमेलमा फुटी रहेका ढल र खाल्टाखुल्टीले तयारी पर्यप्त भएन कि भन्ने प्रश्न उब्जेको देखिन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाललाई पर्यटनको गन्तव्य प्रकृतिले नै उपहार दिएको छ, काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई जोड्ने आकर्षक पदमार्ग बनाउन सकिए पर्यटकका लागि महत्वपूर्ण खुराक मिल्ने थियो ।

पूर्वपर्यटनमन्त्री भीमबहादुर रावलले सभ्यता, संस्कृति र आफ्नोपन देखाएर समृद्धिका लागि अर्थ जुटाउने तथा अन्तर्राष्ट्रियजगत्सँग मित्रवत् सम्बन्ध सुदृढ तुल्याउन योगदान पु¥याउने पर्यटन क्षेत्रको विकास र विस्तारका लागि अनुकूल वातावरण र सुशासन प्रणाली मिल्दोजुल्दो हुनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “हवाई भाडामा स्वदेशी र विदेशीका आधारमा फरक हुनुहुन्न, हवाई भाडामा एकरुपता कायम गर्ने सन्दर्भमा मन्त्रालयले यथाशीघ्र निर्णयमा पुगोस् ।” सो अवसरमा समितिका सदस्य पुष्पा भुसाल, सुदन किराँती, उमा रेग्मी, सरला यादव, रेणुका गुरुङ, नारदमुनि राना, दीपकप्रकाश भट्ट, प्रेमप्रसाद तुलाचन लगायतले मुलुकमा पर्यटनको विकासका लागि तीनै तहले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेर समन्वयका साथ अघि बढने वातावरण तयार गर्न सरकारलाई सुझाव दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter