चीनबाट फर्काइएकालाई चार स्थानमा व्यबस्थापन गर्न निर्देशन

काठमाडौ, माघ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीहरुलाई चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई स्वदेशमा ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शिवपुरी, इचगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन समेत प्रधानमन्त्री ओलीले बैठकमा निर्देशन गर्नुभयो ।नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित कार्ययोजनाअनुरूप समग्र तयारीमा जुट्न मन्त्रालय र निकायहरूलाई निर्देशन दिनुभएको हो ।

बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सुरक्षा अधिकारीहरू सहितको विशेष बैठकमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गर्नुभयो भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराउनुभयो । एक लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय नेपालले गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts

NTA’s Broadband Internet connected to 75 percent of target areas




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter