पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ७३ पुल निर्माण

काठमाडौँ, माघ २४ गते । पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ७३ पुल निर्माण भएको छ । आयोजनाको शुरु विन्दु पाँचथर जिल्लाको चियोभन्ज्याङदेखि अन्तिम विन्दु बैतडीको झुलाघाटसम्म १२६ पुल निर्माण गरिनेमा हालसम्म ७३ सम्पन्न भइसकेको हो ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडका करीब एक करोड जनता लाभान्वित हुने आयोजनाको अनुमान छ । सो सडकमा १९ पुल निर्माणाधीन रहेको सडक विभाग पुल महाशाखाले जनाएको छ ।

हालसम्म ३७ पुल निर्माणका लागि ठेक्का सम्झौता हुन बाँकी रहेको महाशाखाका प्रमुख दीपक भट्टराईले बताउनुभयो । निर्माणका लागि ठेक्का सम्झौता पुलमध्ये चारवटामा समस्या भएकाले ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “तीनवटा पुलको ठेक्का तोड्न सूचना जारी भइसकेको छ, अर्काे एउटा सूचना गर्ने तयारी छ ।” यो राजमार्ग सरकारले आव २०६९/७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथकिताका साथ अघि बढाएको हो । आव २०६४÷६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य छ ।

राजमार्र्गको कूल लम्बाइमध्ये करीब एक हजार किमी आयोजना स्थापना हुनुअघि नै निर्माण भएर सञ्चालनमा रहेको पुरानो सडक हो । झण्डै ८७९ किमी नयाँ ट्र्याक खोली सडक निर्माण गर्ने कार्य साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter