सहकारीको बचतलाई छुट्टै व्यबस्था गर्न लागेका छौं–मन्त्री अर्याल

काठमाडौं माघ २८ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी ऐन २०७४ संशोधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

सहकारी मार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीलाई मंगबार काठमाडौंमा सम्बोधन गर्दै सहकारीको बचतलाई छुटटै व्यवस्था गर्न लागेको समेत मन्त्री आर्यालले जानकारी दिनुभयो ।

मन्त्री अर्यालले कृषिको व्यवसायीकरण र यान्त्रीकरण गर्ने माध्यम सहकारी भएकोले स्थानीय तहले सहकारीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह समेत गर्नुभयो । उहाँले हिजोका दिनमा मानिसलाई जागरण गर्न आवश्यक रहेकोमा अब देश विकास गर्न परिणाममुखि काम गर्न जरुरी रहेको बताउनुभयो ।

आज र भोलि काठमाडौंमा चल्ने कार्यशाला गोष्ठीमा विभिन्न जिल्लाबाट सहकारीका सञ्चालक र सहकारी अभियान्ता बीच सहकारी मार्फत उद्यमशीलता विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भईरहेको छ ।

यस कार्यक्रमको अवसरमा सहकारी अभियान्ता केशवप्रसाद बडालको सहकारी स्वायत्तता र स्वतन्त्रता पुस्तक विमोचन समेत भएको छ । पुस्तकको बारेमा विभिन्न व्यक्तित्वले समीक्षा गर्नुभयो । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियान्तामा लागेका वा सहकारी सम्बन्धी जानकारी लिन चाहनेको लागि यो पुस्तक उपयोगी रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter