असार मसान्तमा पानी झर्ने, ९५ प्रतिशत काम सम्पन्

मुकुन्द गैरे / काठमाडौं फागुन १ गते । मेलम्ची खानेपानी आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको छ । विहीबार मन्त्रालयमा श्वेत पत्र जारी गर्दै यही असार मसान्त भित्र काठमाडौंमा पानी आउने खानेपानी मन्त्रालयले जानकारी गराएको छ ।

निर्माण कार्य तीव्र गतिमा अगाडि बढेकोले सरकारले भनेको समयमै काम सम्पन्न हुने खानेपानी मन्त्री बिना मगरले जानकारी दिनुभयो । विगतमा सरकारले बाचा गरे अनुसार काम गर्न नसकेको स्मरण गराउँदै अब तोकेकै समयमा काठमाडौंमा पानी आउने बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निर्माणको काममा अनुगमन राम्रोसँग भएको जानकारी दिंदै विगतका कमी कमजोरी पाठ सिकेर मन्त्रालयले काम गरेको जानकारी दिनुभयो ।

सचिव बेल्बासेले कुनै दैविक प्रकोप नआए असार मसान्त भित्र पानी काठमाडौंमा आउने स्पष्ट पार्नुभयो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. तिरेशप्रसाद खत्रीले निर्माण कम्पनीहरुलाई सम्झौता अघि काम गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो । कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter