• Monday, April 14, 2025

सङ्घीय सरकारले तराई–मधेशको विकासलाई उच्च प्राथमिकता दिएको छः राष्ट्रपति

उत्तमकुमार उपाध्याय / रौतहट,फागुन ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि शुरु भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको उद्घाटन गर्दै उहाँले कर्णाटकालीन इतिहास बोेकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँंगै जोडिएको पतौरामा हजारौंँ वर्ष पुरानो महादेव मन्दिरको अवशेष भेटिएकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ऐतिहासिक अवशेषले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न ठूलो सहयोग पु¥याउने उहाँले बताउनुभयो । छोरी शिक्षालाई प्रभावकारी बनाउन प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रम प्रशंसनीय रहेको बताउँदै उहाँले ऐतिहासिक कालदेखि नै ज्ञानको प्रकाश छरिँदै आएको सो क्षेत्रमा दाइजो, तिलक, बालविवाह, छुवाछुत, महिला हिंसा, बोक्सीप्रथा अहिले पनि विभिन्न रुपमा बाहिर आउने गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

सभ्य र समृद्ध समाज विकासमा अग्रसर भइरहेको वर्तमान परिवेशमा सबै प्रकारका विकृति, विसङ्गति र कुरीतिलाई जरैदेखि नै उखेलेर फाल्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । सांस्कृतिक गौरव माथि उठाउन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्न सरकार तत्पर रहेको बताउँदै उहाँले निरक्षरता उन्मूलन र रोजगारी प्रवद्र्धन गर्न स्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा उपलब्ध गराएर औद्योगिक विकासमा जोड दिन आग्रह गर्नुभयो । प्रचूर सम्भावना बोकेको प्रदेश नं २ मा पर्यटन प्रवद्र्धन गर्नका लागि आवश्यक पूर्वाधार विकास गर्न जरुरी रहेको पनि उहाँको भनाइ थियो ।

विदेशी पर्यटक भित्र्याउन महत्वपूर्ण टेवा पु¥याउने दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयस्तरबाट मिलेको समर्थनले सरकारलाई थप बल पुगेको उहाँको धारणा थियो । काठमाडौँ –तराई जोड्ने काठमाडौँ–निजगढ द्रुतमार्ग र अन्तरराष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछि यस क्षेत्रमा विदेशी पर्यटक भित्र्याउन सहज हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

सङ्घीय सरकारले तराईको विकासलाई उच्च प्राथमिकता दिँदै हुलाकी मार्ग निर्माण चाँडो सम्पन्न गर्न लागेको बताउँदै उहाँले तराईमा आधुनिक एकीकृत बस्ती निर्माण गर्न, जनता आवास कार्यक्रमलाई प्रभावकारी गराउन, स्वास्थ्य केन्द्रको प्रवद्र्धन गर्न र कृषिलाई आधुनिकीकरण गर्न सरकारले ल्याएको कार्यक्रमको उहाँले सराहना गर्नुभयो ।

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मधानी महायज्ञ महोत्सवले प्रदेश नं २ को पर्यटन प्रवद्र्धन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त व्यक्त गर्नुभयो । छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई उच्च प्राथमिकता दिएको जानकारी उहाँले दिनुभयो । “ विक्रम संवत् २०७५ यता जन्मेका प्रदेश २ का छोरीहरु अहिले तीन लखिया भइसकेका छन्”, उहाँले भन्नुभयो, “प्रदेश २ का स्थानीय तहले पनि प्रदेश सरकारको रकममा थप तीन लाख रुपियाँ थपेर ६ लाख बनाउनुपर्छ ।” प्रदेश २ का धेरै स्थानीय तहले अभियानलाई सघाउँदै रु तीन तीन लाख कोषमा थपेका छन् । मौलापुर नगरपालिकाका प्रमुखलाई पनि छोरी शिक्षा बीमाका लागि रु तीन लाख कोषमा थप्न उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रीना साह र प्रशासकीय अधिकृत सिकिन्द्र साह, स्थानीय शिक्षक सञ्जय साहलगायतले मधानी पर्वको महत्वबारे प्रकाश पार्नुभएको थियो । बारा, पर्सा र रौतहटमा मात्र मधानी पर्व मनाउने गरिन्छ ।

नगरपालिकाको आयोजनामा भएको महोत्सव यही फागुन १२ गतेसम्म चल्ने नेकपा प्रदेश नं २ का प्रदेश सदस्य त्रिभुवन साहले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन नेपाली कलाकार निखिल उप्रेती, केकी अधिकारी र सुनिल पण्डित, भारतीय कलाकार दिनेशलाल यादव, नायिका आम्रपाली दुबे, गायिका इन्दु सोनालीलगायत मौलापुर आउनुभएको छ । उहाँहरुलाई मौलापुरका प्रमुख साहले सम्मानसमेत गर्नुभएको थियो ।

महोत्सव उद्घाटन समारोहमा मधानी पर्वसंँग सम्बन्धित झाँकी, नृत्यसमेत प्रदर्शन गरिएको थियो । उक्त अवसरमा प्रदेश नं २ का प्रदेश प्रमुख, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, रौतहटका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा बारापर्साका स्थानीय नेताकार्यकर्ताको उल्लेख्य सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter