वडा सदस्यको तरकारी खेती, स्थानीयलाई भयो सिकाइ

शेरबहादुर सार्की / बाजुरा, फागुन १२ गते । स्थानीय सरकार गठन भए सँगै तरकारी खेती पेशा अँगाल्दै आएका बुढीगङ्गा नगरपालिका –१० का वडा सदस्य भोलाराम जैशी अहिले वडा कै एक सफल उत्कृष्ट कृषकको रुपमा चिरपरिचित हुनुहुन्छ ।
जनप्रतिनिधि सदस्य जैशीले व्यवसायिकरुपमा बुढीगङ्गा नगरपालिका –१० को फुलोटमा कृषि व्यवासय सुरु गर्दै आउनु भएको छ ।

आफ्नै नाममा कृषि फर्म दर्ता गरेर तरकारी खेती गर्दै आउनु भएका वडा सदस्य जैशीले आफु सम्म भएको १० रोपनी जमिनमा टमाटर, बन्दा मुला रायो लगायतका तरकारी उत्पादन गरेपछि अहिले गाउँले वारीमै आएर तरकारी लैजाने गरेका छन् ।

प्रति केजी टमाटरको ४० रुपियाँका दरले बिक्री गरेर मासिक ५० हजार बन्दाबढी आम्दानी हुने गरेको जैशीले भन्नुभयो,“ मैले उत्पादन गरेका टमाटर मालिका, रिठा , बेतालमाण्डौ, बाम्का लगायतका बजारमा बिक्री हुने गर्छ,”। वडा सदस्य जैशीले भन्नुभयो,“आफुलाई जनताले कामको जिम्मेवारी दिएकोले आफु बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म जनताको कामका लागि दैनिक वडा कार्यालयमा बसेपनि बिहान र बेलुकी पखको समयमा तरकारी खेतीमा नै व्यस्थ हुन्छु,”।

वडा सदस्य जैशीले भन्नुहुन्छ , मेरा दुबै बुढाबुढी तरकारी खेतीमा नै बढी व्यस्थ हुन्छु म वडामा कार्यालयमा गएको समयमा श्रीमतिले नै तरकारी खेतीमा काम गर्नुहुन्छ मेहनेत अनुसारको फल पाउँदा अहिले बुढाबुढी सन्तोष गरेका छौ ।

वडा सदस्य जैशीले भन्नुभयो , कृषि व्यवसाय गरेर नै एक छोरा र बुहारीलाई मास्टर पास गराउन सफल बनेका छु , अहिले उनीहरु पढाइ सकाएर लोक सेवा तयारीमा छन् । एक छोरा र छोरी पनि प्राविधिकधार कृषि जेटिएमा नै अध्ययनरत छन् । केही वर्ष उनीहरुको पढाइ पनि सकिदै छ , पढाइ सकाउने वित्तिकै उनीहरुलाई पनि यो पेशामै लाग्न सल्लाह दिने बताउनुभयो, ।

कुनै पनि राजनीति दलको पावर लगाएर छोरा छोरी र बुहारीलाई जागिर नखुवाउने जैशीले भन्नुभयो , “मैले यो कृषि व्यवसाय गरेर नै मेरा छोरा बुहारीलाई काठमाणडौमा मास्टर पास गराउन सफल भए, उनीहरुले पनि राम्रो मेहनत गरेर लोकसेवा पास गरुन भन्ने इच्छा छ ।
तरकारी खेती सँगै कुखुरा र बङ्गुर पालन पनि गर्दै आएको छु ,कुखुरा र बङ्गुरबाट पनि मासिक एक लाख भन्दाबढी कमाइ भएको छ, जसले गर्दा मैले मेरो छोरा बुहारी र छोरी को पढाइ गर्न भ्याएको छु जैशीको भनाइ छ ।

सदस्य जैशीले भन्नुभयो, आफु जनप्रतिनिधिको रुपमा काम गर्दा पनि मैले वडाबाट विनियोजन हुने रकम कृषिमा नै बढी लगानी हुनुपर्छ भन्ने माग राख्दै आएपनि भने जति रकम कृषकमा लगानी छैन् ।
वडा सदस्यको यो तरकारी खेती देखेर पछिल्लो समयमा याहाँका स्थानीयहरुले पनि फाटफुट रुपमा तकारी खेती गर्न चाँसो देखाउन थालेको बुढीगङ्गा नगरपालिकामा १० का वडा अध्यक्ष धर्मराज जैशीले बताउनुभयो

५ हजार ९२० हेक्टर कुल क्षेत्रफल जमिन रहेको बुढीगङ्गामा २ हजार २४५ हेक्टर जमिन खेती योग्य भएता पनि २ हजार २१० हेक्टर जमिनमा मात्र खेती गरिदै आएको छ । ७८५ हेक्टर जमिन खेत र १ हजार ४६० पाखो जमिन भएको यस बुढीगङ्गामा ६२५ प्रतिशत् हेक्टर जमिनमा १२ महिना सिचाइँ हुने गरेको छ भने १६० प्रतिशत् हेक्टर जमिन बर्खाको पानीका भरमा मात्र सिचाइँ हुने गरेको छ नगरपालिकाको कृषि विकास शाखा प्रमुख दीपक थाहाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter