• Tuesday, June 10, 2025

दूध बिक्री गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई

पाल्पा / फागुन २६ गते । धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न थाल्नुभएको छ । व्यावसायिकरुपमा उन्नत जातका भैँसी तथा गाईबाट दूध बिक्री गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई गर्नुहुन्छ ।

उहाँले डेढ वर्षअघिदेखि व्यवसाय सञ्चालन गर्नुभएको हो । “दूध बिक्रीबाट एक महिनामा दुई लाखसम्म कमाई हुन्छ, खर्च कटाएर रु एक लाख नाफा लिएको छु, पशुपालनमा लगानीअनुसार मेहनत गरियो भने कमाइ राम्रै हुने रहेछ”, श्रेष्ठले भन्नुभयो ।

दश वर्षसम्म हेल्थ एन्ड रिसर्च सेन्टरमा काम गर्नुभएका श्रेष्ठले पशुपालनबाटै रामपुर नगरपालिकामा समृद्धि भित्र्याउने लक्ष्यका साथ यो व्यवसायमा लाग्नुभएको हो । “प्रोजेक्टमा रहेर विशेष गरी तराई क्षेत्रमा काम गर्ने अवसर मिल्यो, त्यस क्षेत्रमा घरघरमा पालिएका पशुबाट कृषकले राम्रो कमाई गरेको देखेपछि मलाई पनि आफ्नै गाउँमै बसेर पशुपालन गर्ने इच्छा जाग्यो र जागिर छाडेर अहिले पशुपालनमा लागेको छु”, उहाँले भन्नुभयो ।

उहाँको फार्ममा हाल नौ उन्नत जातका भैँसीमध्ये छवटा दुहुना भैँसीबाट ५० लिटर, आठवटा उन्नत जातका होलस्टिन र जर्सी गाईमध्ये पाँच गाईबाट ५० लिटर दूध उत्पादन गरी घरघरमा बिक्र गर्नुहुन्छ । उहाँको फार्ममा उत्पादित दूध बजार लैजान नपाउँदै घरघरमा ग्राहकले लिने गरेका छन् । भैँसीको प्रतिलिटर रु ८५ र गाईको ७५ मा दूध बिक्री भइरहेको छ ।

फार्म व्यवस्थापनमा रु २५ लाख र गाईभैँसी खरिदमा रु २० लाख लगानी परेको छ । उहाँले व्यवसाय बढाउने सोच बनाएर ३० वटा पशु अट्ने क्षमताको फार्म निर्माण गर्नुभएको छ । व्यवसायलाई बढाएर ५० वटा भैँसी र गाई पु¥याउने र त्यसबाट मासिक रु सात लाखसम्म कमाई गर्ने लक्ष्य छ । ग्राहकले गाईको दूधभन्दा बढी भैँसीको दूध मन पराउने हँुदा भैँसीको सङ्ख्या बढाउने उहाँ बताउनुहुन्छ ।

यहीँ व्यवसायबाट पाँचजनालाई रोजगारसमेत दिनुभएको छ । आफ्नै ३५ रोपनी जग्गामा विभिन्न प्रजातिका घाँस लगाउनुभएको छ भने व्यवसाय बढाएर जग्गा भाडामा लिई ९० रोपनी क्षेत्रफलमा घाँस लगाउने तयारी भइरहेको छ । आफ्नै करिब दुई रोपनी जग्गामा व्यवसाय चलाउनुभएका श्रेष्ठको पशुपालन व्यवसाय अहिले रामपुरमा अवलोकनयोग्य बनेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter