• Saturday, June 14, 2025

धरहरा पुनः निर्माणले गति लियो

काठमाडौँ, फागुन २७ गते । गोरखा भूकम्पले क्षति पु-याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराउनुभयो ।

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा पाएको थियो । जम्मा रु तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनः निर्माणको शिलान्यास गर्नुभएको थियो ।अहिले दैनिक १५० कामदार निर्माणमा खटिएका छन् । पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भ-याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला,उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter