• Monday, April 14, 2025

एक महिनालाई जोखिमपूर्ण रुपमा लिँदै सचेतना ब्यापक बनाउन चिकित्सकहरूकाे सुझाव

काठमाडौँ, चैत ४ गते । राष्ट्रिय चिकित्सक संघको प्रतिनिधि मण्डलले अस्पतालको भीडभाड कम गर्दै सम्पूर्ण अस्पताललाई तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग मंगलबार भेटगरी प्रतिनिधि मण्डलले अस्पतालको भीडभाड तत्काल रोक्दै कोरोना भाइरसको प्राथमिक नमूना संकलन केन्द्र अन्य अस्पतालमा समेत तोक्न आग्रह गरेको छ ।

राष्ट्रिय चिकित्सक संघका सदस्य डा.रक्षा श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने पहलबारे सुझाव दिएको जानकारी दिनुभयो । उहाँका अनुसार, एक महिनालाई जोखिमपूर्ण रुपमा लिँदै नागरिक सचेतना ब्यापक बनाउन समेत संघले सुझाव दिएको छ ।

त्यस्तै, टेकू अस्पतालमा अन्य उपचारा रोकेर कोरोना भाइरस परीक्षणमा मात्रै केन्द्रित गर्न समेत सुझाव दिएको छ । संघले चिकित्सकका लागि पर्सलन प्रोटेक्सन इक्वीपमेन्ट किटका साथै आइसीयू र आइसुलेसन सेन्टर निर्माणलाई युद्धस्तरमा तयारी गर्नुपर्नेमा समेत जोड दिएको जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter