तीन दिनभित्र औषधी र उपकरण काठमाडौँ आउँछ : मन्त्री ढकाल

काठमाडौँ, चैत १२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ । पत्रकार सम्मेलनमा आज उहाँले बोलपत्र (टेण्डर)मार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी आजै अन्तिम टुङ्गो लगाउने बताउनुभयो ।

ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पु¥याइने उहाँले जानकारी दिनुभयो । मन्त्रीका अनुसार ती सामग्री पु¥याउनका लागि मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पु¥याइने तयारी गरिएको छ । उहाँले सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पु¥याउने बताउनुभयो ।

मन्त्री ढकालले आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । उहाँले कोभिड–१९ को परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यसअघि सरकारले पूर्वमा विराटनगर र पश्चिम नेपालगञ्जबाट कोभिड–१९ को नमुना परीक्षण संकलन गरी दिनको एकपटक हवाईजहाजबाट र तीन–चार घण्टा दुरी टाढा रहेका ठाउँबाट नमुना संकलन गरेर एम्बुलेन्सको माध्यमबाट काठमाडौँ ल्याउने गरिएको थियो ।

उहाँले कतिपय व्यक्तिले लकडाउनले विगतको हडतालजस्तै मानेर निश्चित समय ५ बजेपछि खुल्छ भन्ने भ्रममा नपर्न सबैलाई अनुरोध समेत गर्नुभयो । “यो रोग कुनै समयसिमाभित्र नआउने भन्ने निक्र्योल छैन । हामी सबै समयमा सावधान रहनुपर्छ”, उहाँले भन्नुभयो, “खाद्य पदार्थ, औषधीजन्य पदार्थ किन्नका लागि थप व्यवस्थित कसरी बनाउने भन्नेमा हामी विचार गर्दैछौँ । सङ्कट थपिँदै जाँदा, अभाव बढ्दै जाने भएकाले राज्यले त्यसको उपयुक्त निकास दिने ।”

दैनिक उपयोग्य वस्तु सिमित ठाउँमा पु¥याउन राति २ देखि ५ बजेसम्म समय तोक्ने हो भने भीडभाडबाट बच्न सकिने उहाँको भनाइ थियो । औषधी र उपकरण अभाव रहेका ठाउँमा सरकारसँग उपलब्ध गरेको सामग्री पठाउने तयारी गरेको उहाँको भनाइ छ । “सिमित साधन हामीसँग अहिले पनि सुरक्षित रहेको छ । व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायतका सामग्री हामीले आफैँँले पनि उत्पादन गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “अब सामग्रीको अभाव नहुने भएकोले आवश्यकता अनुसार अस्पतालमा पठाउँछौँ ।”

कोरोना भाइरसको परीक्षण गर्ने र निक्र्योल गर्नेसम्मको काम टेकु अस्पतालले गर्ने गरी माध्यम अस्पलालको रुपमा राखी त्यहाँबाट पाटन अस्पतालमा बिरामी पठाइने व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो । महामारीको युद्धमा सरकार रहेको बताउँदै मन्त्री ढकालको संयोजकत्वमा अनुगमन समिति र सचिवको नेतृत्वमा रहेको कार्यनिर्देशित समिति गठन गरिएको जानकारी दिनुभयो ।

मन्त्री ढकालले आज पुनः गत चैत ६ गते कतारबाट नेपाल आएका धादिङ निवासी ३२ वर्षीया एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति कतारबाट नेपालाई आई होटेलमा बसेको र मङ्गलबार टेकु अस्पतलामा भर्ना भई परीक्षणका क्रममा पोजेटिभ देखिएको हो । उहाँले विरामीसँग बसेका र सँगै आएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखेर परीक्षण गराउन आफूहरु जुटेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter