आपूर्ति व्यवस्थालाई सहज बनाउने गृहकाे निर्णय

देवबहादुर कुँवर / काठमाडौं चैत १३ गते । गृह मन्त्रालयले ‘स्वःकफ्र्यु’ (लक डाउन) अवधिभर खाद्यलगायत दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ । यस कार्यका लागि स्टोर एवं विक्रेतालाई ‘डेलिभरी भ्यान’ (गाडी) को व्यवस्था गर्न आग्रह गरेको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहीबार सिंहदरवारमा बसेको बैठकले खाद्य सामाग्री, एलपी ग्याँस, दुध, तरकारी र फलफूललगायत वस्तुको उपलब्धता सहजीकरणका लागि ‘डेलिभरी भ्यान’ व्यवस्था गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाभित्रका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं विक्रेताहरूले आफ्नै डेलिभरी भ्यान (गाडी) मार्फत् आवश्यकता बमोजिम दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिका लागि व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्ता भ्यान (गाडी) हरूलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउन र पसलहरू सञ्चालन, उपभोक्ताको माग संकलन र वितरणमा महानगरीय प्रहरीलाई सुरक्ष ाव्यवस्था मिलाउन निर्देशन समेत दिएको छ ।

गृह प्रवक्ता केदारनाथ शर्माले उपभोक्ताको माग संकलन र खाद्य सामाग्री वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्न प्रत्येक खाद्य स्टोर तथा पसलहरूलाई टोल–फ्रि एवं अन्य फोन नम्बर उपलब्ध गराई प्रचारप्रसारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

इन्टरनेटको पहुँच भएकाहरूका लागि ‘अनलाइन’ मार्फत् माग संकलन गरी प्याकेजमै वस्तु उपलब्ध गराउने निर्णय भएको जानकारी उहाँले दिनुभयो । उपभोग्य वस्तुको सहज आपूर्ति र सहजीकरणका लागि सबै नगरपालिका र गाँउपालिकाका वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।

काठमाडौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका गोदाम (स्टोर) बाट समेत विक्री वितरण तथा आपूर्ति व्यवस्थालाई सहज र प्रभावकारी बनाउन ७७ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ ।

यस संक्रमणको अवस्थामा उपभोक्तालाई खाद्यवस्तुको सहज आपूर्तिमा सहयोग नगरी कालोबजारी, चर्को मूल्य, कृत्रिम अभाव र जम्माखोरी कार्यविरुद्ध कडा कदम चाल्ने समेत जनाइएको छ । कालोबजारी र मूल्यवृद्धि गर्ने विरुद्ध ११४९ टोल–फ्रि नम्बरमा उजुरी दिन समेत आह्वान गरिएको छ ।

कोरोना भाइरस संक्रमणबाट आफू सुरक्षित हुन र अरुहरूलाई सुरक्षित बनाउन सबै नागरिकलाई आ–आफ्नो स्थानबाट कर्तब्य पूरा गर्न अपिल भन्दै मन्त्रालयले लक डाउनको मौका छोपी घरपरिवारका सदस्य, साथीभाइ, आफन्त, इष्टमित्र र छरछिमेकी र चिनेजानेको घरमा जाने, भेला हुने तथा बाहिर निस्कने जस्ता कार्य नगर्न नगराउन समेत आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट बच्न घरभित्रै बसम्

यसैबीच, लक डाउनको आज तेस्राै दिन मुलुकभरको जनजीवन शान्त र ठप्प रह्यो । विशेष गरी काठमाडौं उपत्यकामा प्रहरीले लक डाउन उल्लङ्घन गर्नेमाथि कडाई गरेको छ । बिहीबारबाट अत्यावश्यक कामबाहेक बाहिर निष्कनेविरुद्ध प्रहरी कडाईका साथ प्रस्तुत भएको छ ।

महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले आज तेस्रो दिन सार्वजनिक सवारी साधन चढेर भन्दा हिँडेर लक डाउनको उल्लङ्घन गर्नेको संख्या धेरै रहेको बताउनुभयो । धेरैजसोलाई सम्झाई बुझाई गरिएको र केहीलाई जुनदिशाबाट आएको छ, त्यही बाटोमा फर्काइएको छ ।

पहाडी जिल्लाहरूमा भन्दा मधेस तराई र नेपालगन्जलगायतका क्षेत्रमा लक डाउनको पूर्ण पालना नभएको भन्दै प्रहरी प्रधान कार्यालयले थप कडाई गर्न स्थानीय प्रहरीलाई निर्देशन दिएको छ । महानगरीय प्रहरीले उपत्यकाबासीका लागि कोरोना भाइरस संक्रमणबाट जोगिन घरभित्र बसम् भन्दै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter