काठमाडौंबाहिर पहिलो कोरोना संक्रमित भेटियो; सातै प्रदेशका मुख्यमन्त्रीसँग उपप्रधानमन्त्रीको भिडियो कन्फरेन्स

काठमाडौं, चैत १४ गते । काठमाडौं बहिर पहिलो कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । योसँगै कोरोना संक्रमितको संख्या नेपालमा चार पुगेको छ ।

धनगढीका ३४ वर्षीय पुरुषमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनी दुबईबाट आएको भए पनि कुन जहाजबाट कहिले आएका थिए भन्ने यकीन भएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप विवरण प्रदेशबाट आएपछि जानकारी गराउने बताए । ती पुरुषको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ । प्रवक्ता देवकोटाका अनुसार ती व्यक्ति ११ चैतमा स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भई उपचाररत अन्य दुई जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ । डा. देवकोटाले संक्रमित दुवै जनाको स्वास्थ्य राम्रो रहेको बताए ।

सातै प्रदेशका मुख्यमन्त्रीसँग उपप्रधानमन्त्रीको भिडियो कन्फरेन्स

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार भिडियो कन्फिरेन्समार्फत छलफल गरिरहनुभएको छ । उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका क्रममा प्रदेशमा देखिएका समस्या र भइरहेका तयारीबारे कुराकानी गर्नुहुनेछ ।

उहाँले उच्चस्तरीय समन्वय समितिबाट भएका निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी र निर्देशन समेत दिनुहुने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उच्चस्तरीय समन्वय समितिको बैठक शुक्रबार ५ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter