नेपालमा कोरोना संक्रमित पाँचौ विरामी भेटिए

काठमाडौं,चैत १५ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पुनः पाचौ व्यक्तिमा कोरोना भाइरस रोगको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत शनिबार दिउँसो पाचौ संक्रमितको पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आउनुभएकी १९ वर्षकी महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो । उहाँ कतार एयरको क्युआर ६५२ नम्बरको विमानमा नेपाल आउनुभएको थियो । डा. देवकोटाले उक्त संक्रमित महिला उपत्यका बाहिर चिकित्सकको सम्पर्कमा रहनुभएको जानकारी दिदै संक्रमितको विस्तृत विवरण लिन सुरु भइसकेको बताउनुभयो ।

डा. देवकोटाले दुई जना संक्रमित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत रहेको भन्दै हालसम्म कुनै पनि बिरामी डिस्चार्ज नभएको प्रष्ट पार्नुभयो । एकजना संक्रमित भने धनगढीमा उपचाररत हुनुन्छ । उहाँले नेपालमा पछिल्लो ६ दिनमा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै घरभित्रै बसेर कोरोना रोग विरुद्ध लड्नुपर्ने बताउनुभयो । नेपालमा हालसम्म संक्रमणको पुष्टि भएका सबै व्यक्ति विदेशबाट फर्किएका छन् ।

कोरोना संक्रमण भेटिएकोमा दुई जना दुबई ,एक फ्रान्स, एक बेल्जियम र एक चीनबाट आएकाहरु छन् । संक्रमित मध्ये चीनबाट आएका एक जना निको भएर दुई महिना अगाडि नै घर फर्किसक्नुभएको छ । प्रवक्ता डा. देवकोटाले हालसम्म ८७५ व्यक्तिको परीक्षण गरीसकेको जानकारी दिदै अहिले ३२ जनाको परीक्षण भइरहेको बताउनुभयो ।

उहाँले कोरोनाबारे जानकारीको लागि १११५ नम्बरको कल सेन्टरको व्यवस्था गरिएकोमा आजबाट थप ११३३ नम्बरको कल सेन्टर थपिएको बताउनुभयो । छ हजारभन्दा बढी व्यक्तिले उक्त कल सेन्टरमा फोन गरी जानकारी लिइसकेका छन् । चीनबाट पिपिइ लगायतका औषधिजन्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन गइसकेको बताउनुभयो । हेटौंडा, पोखरा र नेपालगञ्जमा समेत कोरोना परीक्षणको लागि तयारी भइरहेको भन्दै विभिन्न संघसस्थामार्फत पनि पिपिइ सहयोग आइरहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter