• Tuesday, April 08, 2025

सामाजिक दुरी कायम गरी तरकारी बिक्रीवितरण

लहान, चैत्र १५ गते । कोभिड –१९ को सम्भावित जोखिम हुन नदिन सरकारले देशभर लकडाउन गरेको मौका छोपी बजारमा खाद्य सामग्री तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्न खोज्ने व्यवसायिलाई सचेत गराइएको छ ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा सञ्चारकर्मी लगायतको संयुक्त अनुगमन टोलीले राजविराजस्थित विभिन्न किराना, तरकारी र ग्यास बिक्रेता पसलमा अनुगमन गरी व्यवसायिलाई पहिलो पटकको लागि सचेत गराएको हो ।

अनुगमनका क्रममा केही किराना पसलले समान लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने गरेको, कतिपयले मूल्य बढाएर बिक्री गरिरहेको, अधिकांश तरकारी पसलले बढी मुल्यमा बेचिरहेको पाइएकोले सबैलाई पहिलो पटकका लागि सचेत गराएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यस्तै राजविराजस्थित कोशी, मनोज, प्रिमा ग्यास लगायतको ग्यासका बिक्रेताको गोदाममा अनुगमन गरी सहज तरिकाले सुपथ मूल्यमा ग्यास बिक्री बितरण गर्न सचेत गराएको उहाँले बताउनुभयो । पहिलो पटक सचेत गराएपनि अब यस्तो गल्ति गरिए कानुन बमोजिम कारवाही गरिने प्रमुख सिंहले जानकारी दिनुभयो ।

राजविराजस्थित राजरंगशालामा सामाजिक दुरी ९सोसल डिस्टेन्स० कायम गरी आज विहानबाट तरकारी बिक्रीवितरण गर्न शुरुआत गरिएको छ । जिल्ला सुरक्षा समिति र सवपक्षीय बैठकले फराकिलो ठाउँ भएकोले रंगशालामा सोसल डिस्टेन्स कायम गरि विहान ६ बजेदेखि ८ बजेसम्म तरकारी बिक्रीवितरण गर्न शुरु गरिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter