चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री काठमाडौँ पुग्याे; उत्पादक सँग छलफल गरी चिकित्सा सामाग्री ल्याइने: स्वास्थ्य मन्त्रालय

काठमाडौं, चैत १६ गते । चीनको गोन्जाओबाट साँढे १२ टन मेडिकल सामाग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्री सहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामाग्री नेपाल ल्याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यांन्कीले आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर चीनको तर्फबाट आएको सहयोग सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले अन्य सहयोगका सामाग्रीहरु छिट्टै नेपाल आउने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विश्वव्यापी संकटको बेला छिमेकीका तर्फबाट ठूलो सहयोग भएको बताउनुभयो । उहाँले कोरोना विरुद्ध विश्व एक भएर लाग्नुपर्ने बताउनुभयो ।

यसैबीच, सरकारले चीनबाट अनुदान तथा खरिद गरि ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजैदेखि सातै प्रदेशमा मेडिकल सामग्री तथा पीपीई वितरण गरिने जानकारी दिनुभयो ।

सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क, गगल्स ,पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, रिएजेन्ट, परीक्षण किट तथा नमुना संकलन गर्ने ट्युबहरु रहेका छन् । देवकोटाले चीनका केही सहयोगी संस्थाले कोरोना परीक्षण गर्ने किट सहित व्यक्तिगत सुरक्षाका सामाग्री र परीक्षणमा प्रयाेग गरिने मेडिकल सामग्रीहरु सहयोग गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले काठमाडौं उपत्यकामा १२ जना आइसोलेसनमा उपचाररत रहेको जानकारी दिनुभयो । उहाँले शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुइजना कोरोना संक्रमित सहित व्यक्ति सहित पाँचजना, पाटनमा ६ र कान्तिबाल अस्पतालमा १ जना आइसोलेसनमा उपचाररत रहेको बताउनुभयो ।

प्रवक्ता देवकोटाले हालसम्म ९ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा मात्रै रिपोर्ट पोजेटिभ देखिएको बताउनुभयो । उहाँले पछिल्लो २४ घण्टामा गरिएको नमुना परीक्षणमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस पोजेटिभ नदेखिएको जानकारी दिनुभयो ।

उहाँले विदेशबाट आएका जोसुकै व्यक्तिले क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो ५ दिनमा कोरोना संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको बताउनुभयो । प्रवक्ता देवकोटाले गम्भिर अवस्थाका बिरामीलाई कुनै पनि अस्पतालले भर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै अस्पतालले बिरामीको उपचार र भर्ना गर्न नमाने कडा कारबाही गरिने जानकारी दिनुभयो ।

उत्पादक सँग छलफल गरी चिकित्सा सामाग्री ल्याउने क्रम जारी छ भ्रममा नपराैं : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरानाको संक्रमण रोकथाम, नियन्त्रण, परीक्षण, उपचार लगायतको कार्यमा मन्त्रालय सुरुदेखि नै क्रियाशील रहिरहेको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी पी.पी.ई. लगायतका सामानहरु खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेश भित्रैका उत्पादक÷वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटक पटक टेण्डर आह्वान गर्दा समेत कुनै पनि उत्पादक, वितरकबाट टेण्डर पेश नभएको स्पष्ट गरेको छ ।

साथै विभागले पुनः उत्पादक÷वितरकहरुसँग सामूहिक रुपमा सार्वजनिक सम्वाद गरि छिटो छरितो रुपमा सामाग्री ल्याउने गरि सम्झौता भई उक्त सामाग्रीहरु नेपाल आउने क्रममा रहेको जनाएको छ ।

यस विषयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधिनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाई आफुखुशी समाचार र स्टाटसहरु प्रकाशित÷पोष्ट भइरहेको परिप्रेक्षमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सृजना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामाग्री प्रकाशित नगर्न र यथार्थ सामाग्रीहरु मात्र प्रचार÷प्रसार गर्न सबैमा अनुरोध गरेको छ ।

विज्ञप्तिमा संसारभरी नै रोकथामका उपायहरु खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र संलग्न कर्मचारीहरुको मनोबल उच्च बनाउन र आम जनताहरुलाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन यस मन्त्रालय हार्दिक अनुरोध गर्दै समस्त सञ्चार माध्यमहरुबाट सहयोग र सहकार्यको अपेक्षा समेत गर्दछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter