कोरोना सम्बन्धी सरकारी कोषमा पूर्वराजाद्वारा दुई करोड सहयोग (वक्तव्य सहित)

काठमाडौँ, चैत १८ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले बुहारी हिमानी संरक्षक रहेको हिमानी कोष मार्फत दुई करोड रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषलाई दिएका छन् । मंगलबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले दुःख कष्ट र आपत विपतको यो घडीमा सबैको साथमा आफूले पनि साथ दिएको उल्लेख समेत गरेका छन् ।

देशलाई लकडाउन गर्ने सरकारी निर्णयको उनले स्वागत गर्दै सबैले पालना गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वराजा शाहले भनेका छन् ‘यो अवस्थामा यो अवस्थाबाट मुक्त हुन लगाउने बाध्यतमक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने पनि बुझ्नु जरुरी छ ।’

‘विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौँ, देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ’ विज्ञप्तीमा उनले भनेका छन्, ‘मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आआफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउनुपर्ने अनिवार्य भइसकेको छ ।’

पूर्वराजा शाहले महामारीको संकटमा ज्यानको पर्वाह नगरी सेवामा खटिएका सबैप्रीत आभारपनि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नु हुने चिकित्सक नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सूसुचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवं पत्रकारप्रति हामी आभारी छौँ ।’

यस्तो छ पूर्वराजाको वक्तव्य

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्‍वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश

विश्‍वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं। देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ‍-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ।

यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।

महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरीलगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सन्चारकर्मी एवं पत्रकारहरूप्रती हामी आभारी छौँ। आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दुस्खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं।

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ। दुस्ख(कष्ट र आपत(बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्‍वास लिएका छौ।

भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्,

जय नेपाल।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter