राष्ट्रिय औद्योगिक सर्वेक्षण स्थगित

हेटौँडा, चैत १८ गते । कोरोना भाइरसका कारण राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य स्थागित भएको छ । जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र मकवानपुरमा फागुन महिनादेखि शुरु भएको औद्योगिक सर्वेक्षण काम प्रभावित भएको बताइएको छ ।

कार्यालय प्रमुख राजेश दासका अनुसार मकवानपुर र धादिङ जिल्लामा रहेको औद्योगिकको सर्वेक्षण यही फागुनबाट शुरु भई २०७७ वैशाखसम्म पूरा गर्नुपर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण स्थगित गर्नु परेको बताइएको छ ।

प्रत्येक दश वर्षमा औद्योगिक सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणका लागि मकवानपुर र धादिङमा पाँचजना कर्मचारी खटाइएको थियो । नेपालमा औद्योगिक सर्वेक्षण २०२२ मा शुरु भएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै सो कार्यालयद्वारा शुरु भएको नमूना जनगणना पनि स्थगित भएको छ । आगामी २०७८ मा हुने जनगणनाको नमूना जनगणना शुरु भएको थियो । सो नमूना जनगणना यही चैत मसान्तमा पूरा गर्नुपर्ने थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter