कोभिड–१९ सङ्क्रमण रोकथाम ५० हजार ग्रामीण महिला स्वयंसेवी खटाइने , आशंकितकाे उद्धारमा सेना र चिकित्सक परिचालन गरिने

दीपक श्रेष्ठ / काठमाडौँ, चैत २३ गते । सरकारले सार्वजनिक खरिद ऐनले व्यवस्था गरेअनुसार स्वास्थ्य सामग्री र उपकरणहरु प्रतिस्पर्धात्मक रुपमा निजी क्षेत्र र जी टु जी दुवै माध्यमबाट खरिद गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले सार्वजनिक खरिद ऐन बमोजिम विशेष परिस्थितिका लागि गरिएको व्यवस्थाअनुसार जी टु जी मार्फत् अत्यावश्यक उपकरण तथा स्वास्थ्य सामग्री खरिद गरिने बताउनुभयो । स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनाले पाएको छ । यद्यपि, सार्वजनिक खरिद नियमावली बमोजिम निजी क्षेत्रबाट समेत खरिद गर्न सकिने निर्णय बैठकले गरेको छ ।

सदस्य सचिव विडारीका अनुसार, बैठकले देशैभर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्ने निर्णय गरेको छ । १४ दिन क्वारेन्टाइन अवधि कटेपछि र्यापिड टेस्टमार्फत् सबैको स्वाब परीक्षण गर्ने र शंका पाइएमा डिटेल परीक्षण गरिने जनाइएको छ । खरिपाटीको क्वारेन्टाइनमा ९४ जनाको परीक्ष नेगेटिभ आएपछि आइतबारै घर पठाइएको छ ।

मुलुकभर रहेका ५० हजार ग्रामीण महिला स्वयंसेविकालाई पनि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा परिचालन गरिने भएको छ । बैठकले महिला स्वयंसेविकालाई बीमालगायत सुविधा दिएर स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको छ । महिला स्वयंसेविकालाई कस्तो सुविधा दिने भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्ययोजना तयार पार्ने जिम्मा पाएको छ ।

यस्तै, क्वारेन्टाइन र राहत वितरणको मापदण्डमा समेत केही परिमार्जन आवश्यक महसुस गरिएको छ । बैठकले क्वारेन्टाइन तथा राहत मापदण्डको परिमार्जनका लागि आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले कोरोना आशङ्का गरिएका व्यक्तिको उद्धारका लागि चिकित्सकसहितको नेपाली सेना परिचालन गर्ने भएको छ । सदस्य सचिव विडारीका अनुसार, प्यासेन्ट रिसिभिङ टिम (पीआरटी) का लागि नेपाली सेना र स्वास्थ्य चिकित्सिकको डेडिकेटेड टिम परिचालन गरिने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter