थप तीन जनामा कोरोनाको संक्रमण, सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह

काठमाडौं, चैत्र ३० गते । पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा तीन जनालाई कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ ।

मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनामध्ये ३७,४४ र ५५ बर्षका पुरुषमा कोभिड–१८ को पोजेटिभ देखिएको हो । मस्जिदमा रहेका ती व्यक्तिहरुलाई कोरोनाको आशंकामा नारायणी अस्पताल बिरगंञ्जमा आइसोलेशनमा राखेर उपचार गरिएको उनीहरुको थ्रोट स्वाब किटजन्य रोगअनुसन्धान तथा तालिम केन्द्र हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।

सो परीक्षणमा आशंका गरिएका २१ जनामध्ये तीन जनामा पोटेटिभ देखिएपछि पुन एकिन गर्नको लागि चैत्र २९ गते शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएकोमा त्यहाँपनि पोजेटिभ देखिएकाले उनीहरुको ससंर्ग र उनीहरु गएको स्थानको पहिचान गरेर ट्रेसिङ गर्ने काम भैरहेको मन्त्रालयको फेसबुक पेजमा उल्लेख छ ।

यो सँगै नेपालमा कोराना संक्रमितको संख्या १२ पुगेको छ । १२ जनामध्ये एक जना निको भएर घर फर्कनु भएको छ भने ११ जनाको उपचार भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धि जानकार दिन केही दिनअघि मात्रै सचालन गरेको मोवाइल एप हाम्रो स्वास्थ्यमा समेत कोरोना संक्रमितको संख्या १२ उल्लेख गरिएको छ । यो सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरमा पत्रकार सम्मेलनको गरेर थप जानकारी सार्वजनिक गर्दैछ ।

सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी कर्ता, सरसफाइ कर्मचारी, सुपर मार्केटका कर्मचारी एवं नेपाललाई यस विपतबाट जोगाउन कार्यरत सबैको सम्मानमा घरबाटै राष्ट्रिय गान गुञ्जाउन र बजाउन गरेको अनुरोधलाई समर्थन गर्दै सो आग्रह गर्नुभएको हो ।

अभियानले राष्ट्रिय धुनपछि एक्यवद्धता स्वरुप ताली बजाएर सम्मान गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीर मार्फत भन्नुभएको छ, ‘मलाई यो कार्यक्रम राम्रो लाग्यो यस कार्यक्रममा सामेल हुन सबैलाई अग्रह गर्छु ।’

सो अभियान आफ्नै घरको कौशी, बरण्डा र झ्यालमा बसेर गर्न समेत ग्लोबल कम्प्याक्ट नेपालले आग्रह गरेको छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter