सन सिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना आशंकामा अस्पताल भर्ना; थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं, वैशाख १ गते । काठमाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणकाे आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ ।

प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता हाेमिन्द्र बोगटीले बताउनुभयो ।

सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन ।

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई संक्रमण भएको हो । त्यस्तै राैतहटकाे क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूषमा पनि फेला परेकाे छ

¥यापिड टेष्टमा भाइरस फेला नपरेपछि घर पठाइएकी ती महिलामा कोभिड–१९) पछि काठमाडौमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हाे ।

उहाँ वीरगञ्ज नाकामा चिया बेच्नुहुन्थ्यो । लक डाउनका कारण समस्यामा परेकाहरू उहाँसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा कैलालीको लम्की पठाएको थियो ।

उहाँहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि उहाँहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter