• Friday, April 11, 2025

लक डाउन वैशाख १५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, बैशाख २ गते । सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मन्त्रिपरिषद् बैठकको निर्णयको जानकारी साझा गर्नुभएको हो ।

मन्त्रिपरिषद्ले यसअघि लक डाउनको लागि थपेको म्याद बुधबार, बैशाख ३ गते सकिन लागेकाे थियाे ।

सनसिटीमा बसोबास गरेका दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या १६

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिबारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लण्डनबाट चैत ५ गते आई सो अपार्टमेन्टमा बसोबास गर्ने एकै परीवारका तीन जनामा कोभिड १९ को संक्रमण हुन सक्ने सम्भावना विचार गरी सोमबार आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष, ८१ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वेभसाइट मार्फत जानकारी गराएको छ ।

त्यसपछि तीनै जनालाई उपचारका लागि पाटन अस्पतालमा भर्ना गरी पीसीआर माध्यमबाट थप परिक्षण गर्दा समेत दुई जनामा पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी एक जनाको परिक्षण रिपाेट अाउन बाँकी भएकाे उल्लेख छ ।

साथै उक्त अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिको परीक्षण आजैबाट सुरू गरिएको छ भने निजहरूसंग सम्पर्कमा रहेकाको खोजी शुरु भएको मन्त्रालयले जनाएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter