काेराेना निकाे भएका युवक भन्छन्– संक्रमण देखिए पनि डराउनुपर्दैन

काठमाडौँ, वैशाख ७ गते । काेराेना संक्रमण निकाे भएर सेती प्रादेशिक अस्पतालबाट आइतबार डिस्चार्ज भएर घर जान लागेका कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक राेग लाग्दैमा डराउन नहुने बताउँछन् । अस्पतालबाट डिस्चार्ज भएपछि खुसी देखिएका उनले संक्रमण देखिए पनि आफूलाई डर नलागेको बताए । उनले भने, ‘अरूलाई पनि कोरोना संक्रमण देखिँदैमा हिम्मत नहार्न आग्रह गर्छु ।’

उनी साढे दुई साता लामो उपचारपछि घर फर्केका हुन् । लगातार दुईपटक परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

कोरोनाको संक्रमणलाई जितेर फर्कन लागेका विकलाई उनको उपचारमा संलग्न चिकित्सक र प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पुष्पगुच्छा दिएर बिदाइ गरे । भारतबाट फर्केर १२ चैतमा घर पुगेका उनलाई २२ चैतमा कोरोना रहेको पुष्टि भएको थियो ।

घर फर्केपछि क्वारेन्टाइनमा बसेका विकका परिवारका सदस्यलाई भने कोरोना देखिएको छैन । लगातार दुईपटक थ्रोट स्वाबको जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि विकलाई घर पठाइएको सेती प्रादेशिक अस्पतालको आकस्मिक विभाग प्रमुख डाक्टर जगदीशप्रसाद जोशीले बताए । विकमा कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

सेतीमा उनीसहित पाँचजना संक्रमितको उपचार भइरहेको थियो । अन्य चारजनाको भने उपचार जारी छ । संक्रमित चारैजनाको अवस्था सामान्य रहेको डाक्टर जोशीले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter