हालसम्म ३३ हजारको कोरोना भाइरसकाे परीक्षण

काठमाडौँ, वैशाख ८ गते । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आरडिटी० बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ३२४ वटा पिसीआर परीक्षण भएका छन् भने आरडिटी परीक्षण गराउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको जानकारी दिनुभयो । तीमध्ये चार जना निको भएर घर फर्किसक्नुभएको छ भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाले भन्नुभयो, “आरडिटी सबै जिल्लामा शुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म दुई हजार ३४९, प्रदेश नं २ मा तीन हजार २३८, वाग्मती प्रदेशमा चार हजार ६७६, गण्डकी प्रदेशमा तीन हजार ७५१, प्रदेश नं ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ वटा आरडिटी परीक्षण भइसकेको छ ।”

क्वारेनटाइनमा बस्ने व्यक्तिको सङ्ख्या पाँच हजार ९३६ छ । आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या १११ छ । यसमध्ये उपत्यकाभित्र चार जना छन् भने उपत्यका बाहिर १०७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर ९१११५ र ११३३० मा गत २४ घण्टामा दुई २८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं।मा निःशुल्क कल सेन्टर शुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेब पेज कोभिड–१९ डट एमओएचपी डट जिओभी डट एनपीमा हालसम्म आफ्नो स्वमूल्याङ्कनका लागि इन्ट्री गर्ने व्यक्तिको सङ्ख्या २१ हजार २९१ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । यसमध्ये गत २४ घण्टामा ४५७ जनाले आफ्नो स्वमूल्याङ्कन फाराम भर्नुभएको छ । जसमध्ये ३ जना रेडजोनमा भएको पाइएको छ ।

हालसम्म कूल रेडजोनमा हुनेको सङ्ख्या २६३ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ ।

सरकारले त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग, कीर्तिपुरबाट कर्णाली प्रदेश सरकारका लागि उपलब्ध हुने गरी पिसीआर मेशिन उपलब्ध गराएको छ । आइतबार मात्रै उदयपुरमा थप ५२ जनामा पिसीआर नमूना सङ्कलन गरिएको छ । नमूनाको परीक्षण हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ ।

मन्त्रालयले क्यान्सर, डाइलासिस गर्नुपर्ने, मुटु रोगी, प्रसूतिसम्बन्धी जटिल र सुतकेरीसम्बन्धी रोग र दमलगायतका रोग र अन्य दीर्घ रोग सेवा दिइरहेका विशिष्ट प्रकृतिका अस्पताललाई सेवा निरन्तर सुचार गर्न आग्रह गरेको छ । “विभिन्न व्यक्ति र सङ्घसंस्थाले हेमोफिलिया बिरामीलाई आवश्यक सामग्री उपलब्ध गराउन गरेको आग्रहको बारेमा सरकारले सहजीकरण गर्नेछ, लकडाउनका कारणले अस्पतालसम्म पुग्न नसकेर औषधि सेवन गर्नबाट वञ्चित भएका बिरामीका लागि पनि मन्त्रालयले सहजीकरण गर्नेछ ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter