• Monday, April 21, 2025

नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो; निकाे हुने संख्या पाँच

काठमाडौं, वैशाख ९ गते । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

यसअघि कुल ३१ जनामा संक्रमण रहेको अाज ११ जनाको थप पुष्टि भएसँगै कुल संख्या ४२ पुगेको हो । यसमा उदयपुरका मात्र २३ जनामा संक्रमण देखिएको छ ।

केन्द्रिय प्रयोगशालामा उदयपुरबाट ल्याइएको २६० जनाका स्वाब मध्ये आज साँझसम्म २४० जनाको परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको र २० जनाको स्वाब परीक्षण भईरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

उदयपुरको भुल्केस्थित मस्जिदमा भारतबाट आएका १२ भारतीय नागरिकमा वैशाख ५ गते संक्रमण पुष्टि भएको र त्यसको भोलिपल्ट सो मस्जिदमा रहेका एक नेपालीको संक्रमण पुष्टि भएर १३ जना पुगेकाे थियो ।

सो क्षेत्रमा एकै पटक धेरै संक्रमित पाइए पछि शनिबर कोशी अस्पतालबाट गएको चिकित्सक टोलीले ६९ जनाका स्वाब संकलन गरी परीक्षण गर्दा आठ जनामा संक्रमण पाइएको थियो ।

साथै, ती आठ जनाको संक्रमण पुनः पुष्टि गर्न सो नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पुनः परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको थियो ।

यसैगरी, उदयपुरको सो मस्जिद क्षेत्रबाट नेपाली सेनाले शनिबर र आइतबार स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याएको थियो ।

कोरोना सङ्क्रमित धनगढीका अर्काे युवक डिस्चार्ज, निकाे हुने संख्या पाँच

कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किनुभएको छ । नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि मंगलबार घर फर्किनु भएको हो । उहाँले आफूले उपचारमा सहयोग गर्ने चिकित्सक र नर्सहरुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

‘म चिकित्सकको सल्लाह अनुसार सात दिन घरमा छुट्टै बस्ने छु,’ उहाँले भन्नुभयो, ‘फेरि स्वाब परीक्षण गर्ने छु ।’

चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुग्नु भएका शाहीलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना भएको पुष्टी गरेको थियो । उहाँ चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाडौं पुग्नुभएको थियो ।

उहाँ चैत ८ गते बुद्ध एअरबाट नेपालगञ्ज आउनुभएको थियो । सोही दिन उहाँ त्यहाँबाट अटो रिक्सामा कोहलपुर र कोहलपुरबाट अत्तरियासम्म माइक्रो बसमा, र, त्यहाँबाट बसमा धनगढी पुग्नु भएको थियो ।

दुबईबाट आएपछि तीन दिन घर बसेर अस्पताल पुग्नु भएको थियो । उहाँपछि उहाँको ३४ वर्षीया भाउजूमा पनि कोरोना देखिएको थियो । उहाँकाे भाउजुमा भाइरस सरेपछि सरकारले नेपालमा भाइरस दाेश्राे चरणमा पुगेकाे जानकारी दिएकाे थियाे ।

सेती अस्पतालमै उपचार गरिरहेकी उहाँकी भाउजूको पनि स्वास्थ्य राम्रो हुँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि पनि लम्की चुँहाका २१ वर्षीय राज विक पनि १६ दिन लामो उपचार गरेर घर फर्किनु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter