कोरोना परीक्षणको दायरा बढाइँदैः स्वास्थ्य सचिव कोइराला

शरद शर्मा / काठमाडौँ, वैशाख १२ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको अवस्थामा सिल गरेर परीक्षण गर्ने भएको हो ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिले प्रदेश नं १ र २ मा जोखिम बढेकाले ती क्षेत्रका सङ्क्रमित ठाउँ र अन्य सङ्क्रमित ठाउँलाई सिल गरेर कोरोना भाइरसको परीक्षणको दायरा बढाउने जानकारी दिनुभयो ।
पछिल्लो पटक उदयपुरमा २८ जनामा कोभिड सङ्क्रमण देखिएको छ । उदयपुरमा त्रियुगा नगरपालिकाको भुल्केमा मन्त्रालयले परीक्षणको दायरा बढाउन विशेष अभियानको शुरुआत् गरेको छ ।
“ती प्रदेशका कुन कुन क्षेत्र जोखिममा रहेका छन् । त्यसको पहिचान गर्नका लागि टोली पठाएका छौँ”, रासससितको कुराकानीमा उहाँले भन्नुभयो, “ती टोलीले कुन–कुन क्षेत्रमा बढी जोखिम छ त्यसको निक्यौल गर्ने छन् । अनि ती ठाउँमा परीक्षण गर्ने छौँ ।’’
उहाँका अनुसार जोखिम ठाउँमा र विदेशबाट आएका सबैको पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिनबाट परीक्षण गरिने छ ।
मन्त्रालयले ठूलो सङ्ख्यामा (मास)मा पनि परीक्षण गर्ने तयारी गरेको छ । मासको परीक्षण गर्नका लागि स्थानीय र प्रदेश सरकारले निर्देशन दिइसकेको छ ।
“प्रदेश र स्थानीय तहले यहाँ धेरै मानिस बसेको छन् तिनीहरुको गर्नुपर्छ भनेपछि हामीले गर्छौं”, सचिव कोइरालाले भन्नुभयो, ‘‘धेरै मानिस बसेको ठाउँमा, क्वारेन्टाइन, विदेशबाट आएका मानिस बसका ठाउँमा मास परीक्षण आवश्यकताका आधारमा गरिने छ ।’’
उदयपुरमा दुई टोली
उदयपुरमा सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले सतर्कता अपनाएको छ । उदयपुरको त्रियुगानगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा सङ्क्रमित देखिएपछि मन्त्रालयले दुई टोली पठाएको मन्त्रालयका सचिव कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार एकवटा उदयपुर जिल्लाबाट र अर्को केन्द्रबाट पाँचजनाको टोली बिहीबार त्यसतर्फ गइसकेका छन् ।
“टोलीले त्यहाँ गएपछि कस–कसको स्वाब लिनुपर्ने हो त्यसको पहिचान गर्ने छ”, उहाँले थप्नुभयो, “कसकसको परीक्षण गर्नुपर्छ त्यो हेरेर पिसिआर विधिबाट परीक्षण गर्ने छौँ ।”
उहाँले एकबाट अर्कोमा भर्खर सङ्क्रमण सरेकाले पिसिआर विधिबाट मात्र परीक्षण गरिने बताउनुभयो । सङ्क्रमित भए वा नभएको पत्ता लागेपछि त्यही राखेर वा कता राखेर गर्ने भन्ने निक्योल गर्ने उहाँले जानकारी गराउनुभयो ।
टोलीले उदयपुरमा देखिएका सङ्क्रमित कुन ठाउँबाट आएका हुन, को कोसँग भेट ती सबैको कन्ट्र्याक ट्रेसिरसमेत गरेर परीक्षण गर्ने छन् ।
दोस्रो चरणमा नै
सचिव कोइरालाले अहिले नै हामी तेस्रो चरणमा प्रवेश नगरेकाले सङ्क्रमितले समुदायलाई नसारोस् भनेर परीक्षणको दायरा बढाउने थालिएको बताउनुभयो ।
“अहिलेसम्म हामी दोस्रो चरणमा रहेका छौँ । दोस्रो चरणबाट तेस्रो चरणमा प्रवेश नगरोस् भनेर हामी सचेत रहेका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले सङ्क्रमित रहेको समुदाय र कन्ट्र्याक ट्रेसिङमा रहेका सबैको परीक्षण गर्ने छौँ ।”
सरकारले कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि उपत्यकामा ६ र उपत्यका बारिह १९ वटा हव अस्पतालमा स्थापना गरेका छ । उहाँका अनुसार ती अस्पतालमा २० वटा सघन उपचार कक्ष र १०० वटा आइसोलेसन रहेका छन् । आवश्यक परेमा नजिकका अस्पताललाई पनि हव अस्पतालका रुपमा लिन सकिने व्यवस्था पनि सरकारले गरेको छ ।
हव अस्पतामा बढी बिरामी भएको अवस्थामा ती हव अस्तपाल नजिक रहेका अस्पताललाई सेटलाइट अस्पताल रुपमा परिणत गरेको छ ।
अब कोभिड क्लिनिक
सरकारले यसअघि अस्पताललाई ज्वरो (फिवर) क्लिनिक सञ्चालन गरेकामा अब कोभिड क्लिनिक सञ्चालन गरेको छ ।
ती क्लिनिके ज्वरो, रुघाखोकीका बिरामी जाँच्न थालेपछि कोभिड अस्पतालमा नै कोभिड क्लिनिक सञ्चालन गरेको मन्त्रालयका सचिव कोइरालाले जानकारी दिनुभयो ।
“पिलो, कान दुख्ने बिरामीलाई पनि ज्वरो आउँछ । तर बिरामीलाई फिवर क्लिनिक सञ्चालन गरेका अस्पतालले हेरेनन्”, उहाँले भन्नुभयो, “त्यसैले कोभिड क्लिनिक सञ्चालन गरेका अस्पतालमा त्यस्ता बिरामी पठाउने भनेका छौँ ।’’
सरकारले शङ्कास्पद बिरामीलाई पहिले आइसोलेसनमा राखेर मात्र उपचार गर्ने भएको छ । आइसोसेलनमा राखेपछि परीक्षण गरेर बिरामी भएका सघन उपचार कक्षमा राखिने बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नेपालले परीक्षण बढी गरेको छ । अहिले १५ वटा पिसिआर मेसिन र ७५ जिल्लामा आरडिटी परीक्षणबाट करिब ४० हजारको परीक्षण गरिएको छ ।
सरकारले चीनबाट आएका दुई पोट्रेबल मेसिनलाई जोखिम ठाउँमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राखेको छ । ‘‘जुन ठाउँमा सङ्क्रमण देखिन्छ । त्यो ठाउँलाई सिल गर्दछौँ’’, उहाँले भन्नुभयो, “अनि मेसिन लगेर हामी परीक्षण गर्ने छौँ ।’’विदेशबाट आएका सबैको परीक्षण गर्नेछ । आरडिटी (¥यापिड डायग्नोष्टिक टेस्ट) बाट पहिला गर्ने र त्यसमा शङ्का लागेकोको पिसिआरबाट गरिने सचिव कोइरालाले बताउनुभयो ।
मन्त्रालयले विदेशबाट आएका, तिनीहरुको संसर्गमा रहेका, सङ्क्रमित रहेको समुदाय र सङ्क्रमितको कन्ट्र्याक टे«सिङ गरेर तिनीहरुमा पनि परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
विदेशबाट सङ्क्रमित भएका व्यक्तिको ट्राभल हिस्ट्री हेरेर त्यसका आधारमा उसले हिँड्दा प्रयोग गरिने सवारीसाधन र आफन्त, साथीभाइसँगको भेटघाट गरेको छ ती सबैको परीक्षण गरिएको उहाँले बताउनुभयो ।
गत चैत ११ गते बन्दाबन्दी (लकडाउन) अवस्था हेरेर खोलिने सरकारको तयारी रहेको छ । उहाँले लकडाउन खोल्नका लागि कोभिडको बिरामी सकियो वा फैलिन अवस्था हेरेर मात्र निर्णय गर्ने बताउनुभयो ।
‘‘लकडाउन खोल्न अझै पनि चारपाँच दिन बाँकी रहेको छ । त्यो दिनमा विश्लेषण गर्छांै । छिमेकी देशमा कति बढेको छ त्यो हेर्छांै । आन्तरिक रुपमा ट्रान्समिसन कति भएको छ त्यो हेर्छौ’’, उहाँले भन्नुभयो, “परीक्षणको दायरा बढाएर सङ्क्रमित भेटिन्छन् वा भेटिँदैनन् त्यो हेर्छांै । ठूलो सङ्ख्यामा (मास)मा पनि परीक्षण गर्छांै । त्यो हेरेर मात्र निक्र्योल निकाल्न सक्छौँ । लकडाउन गर्ने वा नगर्ने भनेर ।’’
सचिव कोइरालाले ५० हजार बिरामीका लागि औषधि ल्याउने तयारी भइरहेको बताउनुभयो ।
उहाँले नेपालमा दुई महिना पुग्ने औषधि रहेकाले ५० हजार बिरामीलाई आवश्यक पर्ने औषधि ल्याउनका लागि बोलपत्र आह्वान र सरकार–सरकार (जिटुजी) दुवै प्रक्रियाबाट ल्याउन थालिएको बताउनुभयो । उहाँका अनुसार चीनसँग जिटुजी प्रक्रिया थालिएको छ ।
उत्पादन गर्ने क्षमता सीमित भएकाले चीनमा पनि थोरैथोरै ल्याइरहेको जानकारी गराउनुभयो । ‘‘थोरै थोरै सामान आइरहेको हुनाले थेग्न सजिलो भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कोभिड अस्पतालका लागि हामीसँग पर्याप्त सामग्री रहेको छ । किन्ने प्रक्रिया निरन्तर रहेकाले सामग्री अभाव हुन दिन्नाँै ।’’
कोभिड–१९ को परीक्षण एक महिना अगाडि बोलपत्रबाट ल्याइएका औषधि र सामग्रीे थेगेकाले अहिले पहिलेको जस्तो चिकित्सकमा गुनासो नभएको उहाँले स्पष्ट पार्नुभयो । रासस